स्विजरल्यान्डमा नेपाली खानाको प्रवर्द्धन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७४, बिहीबार ०८:१७

स्विजरल्यान्डमा नेपाल मौलिक परिकारको प्रवर्धन गरिएको छ ।  नेपाली मौलिक परिकारको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा विस्तार गराउन ग्लोबल एकेडमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज, काठमाडौં) का सेफ कुमार चालिसेले स्विजरल्यान्ड पुगेका हुन् ।

स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थन Hotelfachschule Thun मा आयोजित टेस्टिङ नेपाल – नेपाली सेफ इभेन्टमा करिब एक दर्जन नेपाली खानाका परिकारहरू प्रस्तुत गरियो ।  स्मरणीय के छ भने काठमाडौको गेट कलेज र स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा दुवै होटलरी स्वीस- स्विस होटल एसोसियनका सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेजहरू हुन् ।

 स्वीस होटल एसोसिएसनकै संयोजनमा  आयोजित उक्त कार्यक्रममा स्विजरल्यान्डजर्मनफ्रान्सइटालीका करिब २०० जना खानाका पारखीहरु सहभागी भएका थिए । नेपाली परिकारहरूप्रति सहभागीहरूको निकै राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त भयो, यहाँको परिकार विश्वका अन्य परिकारभन्दा निकै भिन्न किसिमले पकाइने, तयार गरिने भएकाले विशेषगरी युरोपेली खाद्य पारखीहरूले मन पराए, ”  सेफ चालिसेले भने ।

उनका अनुसार कार्यक्रममा मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर कुखुराको लेदो, चोखो तिहुन, काक्रोको अचार, स्विस चकलेट म:म, आलुको परिकार, नेपाली सलाद पस्किइएको थियो ।

नेपाली परिकारको लोकप्रियता बढाउन स्वदेश तथा बिदेशका विभिन्न भागमा यस्ता कार्यक्रम सञ्चालन गराउदै आएका चालिसेले यसअघि मकाउदुबई ,हङ्कङ ,अस्ट्रेलिया लगायतका मुलुकमा समेत नेपाली खानेकुराको प्रवर्धन गरिसकेका छन ।

हस्पिटालिटीको क्षेत्रमा स्विजरल्यान्ड प्रसिद्ध रहेको भन्दै उनले त्यहाँ नेपाली खाद्यको प्रवर्धन गर्न पाउनु नेपालका लागि समेत गर्वको कुरा भएको बताए । निकट भविष्यमै युरोपका अन्य देशमा पनि थप कार्यक्रम गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१