नेपाल भित्र्यायो स्याङयोङले नयाँ ‘रेक्स्टन’ गाडी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७४, बिहीबार ०७:०५

काठमाडौं । स्याङयोङ मोटर्सले नेपाली बजारमा महँगो रेक्सटन गाडी भित्र्याएको छ।

नेपालका लागि आधिकारिक विक्रेता आइएमएस मोटर्सले बुधवार राजधानीमा एक कार्यक्रमका बीच नयाँ गाडी सार्वजनिक गरेको हो।

आइएमएस ग्रुपका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा मोटर्सका निर्देशकले संयुक्त रुपमा गाडी सार्वजनिक गरे। सो अवसरमा आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गाडीका पार्टपूर्जा र सर्भिस केन्द्रहरुको पनि सहज उपलव्ध गराइने प्रतिबद्धता जनाए।

उनले भने ‘रिसेल भ्यालूका लागि पार्टपूर्जाको उपलव्धता तथा सहज सर्भिस सेन्टरहरु जरुरी छ, हाम्रै सर्भिस सेन्टरहरु संचालनमा ल्याएर सेवा प्रदान छौँ।’

२. २ लिटर डिजल इन्जिनको नयाँ मोडलको यो गाडीले ४२० एनएम टर्क र १८१ पिएस शक्ति उत्सर्जन गर्दछ। ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्समिसनमा उपलव्ध गाडीको मूल्य क्रमश १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँ छ। यो मूल्यमा अहिले ४ लाख छुट दिइएको कम्पनीले जनाएको छ।

यस कोरियाली एसयुभीमा ३ वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ। यसको डिजाइनमा इएक्सडी २२० डिजेल इन्जिन र मर्सिडिज बेन्ज ७ स्पिड अटोमेटिक ट्रान्समिसन छ। जसले आरामदायी यात्रा तथा सहज ड्राइभिङको अनुभव दिने कम्पनीले जनाएको छ।

लुक्सको अलवा यो गाडी एलइडी (डिआरएल, टर्न लाईट, ब्रेक लाईट, लाइसेन्स प्लट लाईट)को साथ उपलब्ध छ। यसमा रहेको सेन्ट्रल क्रोम मोल्डिङ, २० इन्चको स्पटर चक्काले आकर्षण बढाएको कम्पनीको भनाइ छ।

यो ४ डब्लुडी टेक्नोलोजीमा आधारित छ। चालकले रियर ह्विल ड्राइभ मोड पनि प्रयोग गर्न सक्ने बताइएको छ। फ्रन्ट ह्विल डबल विसबोन र रियर ह्विल मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभिङ स्थिरता प्रदान गर्ने कम्पनीको दावी छ।

नयाँ रेक्सटनमा ९ वटा एयर ब्याग र क्वाड फ्रेम प्रयोग गरिएको छ। यसमा इबिडी, एबिएस, एन्टी रोल ओभर प्रोटेक्सन, ब्रेक असिस्ट सिस्टम, हिल असिस्ट सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, अल डिस्क ब्रेक र डे टाइम रनिङ ल्याम्प प्रयोग गरिएको छ।

त्यसैगरी यसमा ८ इन्चको एचडी स्क्रिन, १० स्पिकर सिस्टम, स्वचालित ढोका, पुर्ण स्वचालित एयर कन्डिसन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१