फेसबुकमा चिनजान गरि विवाह ,विवाह पछि युवतीकै आफन्तबाट २१ लाख ठगि गर्ने पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार १७:१२

काठमाडौं । फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् ।

उनले संखुवासभाको माकल गाउँपालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कबिहीन भएका थिए ।

उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०