१०००० नगद सहित केही राहत पीडितलाई हस्तान्तरण गर्दै रमेशकुमार महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०५:२५

नुवाकोट । दुखेको घाउमा मल्हम लगाअौं भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै आज आगलागी भएर पीडित बनेका कान्छा तामाङलाई सहयोग हस्तान्तरण गरेको छ ।

ककनी गाउँपालिका वडा नम्बर ७ स्याँगुले डाँडामा रहेको तामाङको घरमा सोमबार दिउँसो आगलागी भएको थियो । सोको पीडालाई महसुस गर्दै क्षेत्र नम्बर १ प्रदेश ख का प्रत्यासी उम्मेदवार रमेशकुमार महतले १०००० नगद सहित केही राहत मंगलबार पीडितलाई हस्तान्तरण गरिएको छ । वडा इकाईका बरिष्ठ नेता ठुलोकान्छा तामाङको संयोजनमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

साविक चतुराले गाउँ कार्यसमितिको सभापति बद्रिराज थपलियाको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा अतिथिहरु पुर्व महासमिति सदस्य पदमराज पौडेल, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान लामा, जिल्ला समन्वय समितिका सदस्य सम्झना सेढाई, ककनी गापा पार्टी संयोजक सुपोल(अशोक) लामा, सञ्चारकर्मी अर्जुनबहादुर तामाङ, वडा सदस्य कुलराज थपलिया, पुर्व पार्टी इकाई सभापति किर्तिराज थपलिया, तरुण दल इकाईका पुर्वअध्यक्ष राधाकृष्ण श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि नारायण पाण्डे  लगायतको रोहवरमा हस्तान्तरण भएको हो ।

यसैक्रममा राहत संकलन समिति पनि गठन गरियो । कुलराज थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । सदस्यहरुमा सम्झना सेढाई, राधाकृष्ण श्रेष्ठ ,सन्तबहादुर तामाङ र जनकराज तिवारी रहेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१