कसरी काम गर्छ आकस्मिक गर्भनिरोधक चक्कीले ? यसका फाइदा- बेफाइदा के ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०४:४३

विभिन्न कारणले आकस्मिक र अनिच्छित गर्भ रहन सक्ने अवस्था आउन सक्छ । यसको एउटा कारण असुरक्षित शारीरिक सम्पर्क हुनसक्छ । नचाहिँदो गर्भ रह्यो भने महिलाले विभिन्न समस्या भोग्नुपर्छ । गर्भपतनका जोखिम, बच्चा जन्माएपछिका आर्थिक संकट आदिले महिलाको जिन्दगी तनावग्रस्त हुनसक्छ । अनिच्छित र अनावश्यक गर्भबाट बच्ने सबैभन्दा राम्रो उपाय आकस्मिक गर्भ निरोध नै हो ।
महिला र पुरुषको सहमतिमा हुने शारीरिक सम्पर्कमा परिवार नियोजनको साधन प्रयोग नगरिएको हुनसक्छ । गरिएपनि कहिलेकाहीँ साधन असफल हुन सक्छ । जस्तो, कन्डम च्यातिएर, या नियमित परिवार नियोजनको चक्की प्रयोग नगरेर या गर्न बिर्सेर या परिवार नियोजनका अस्थायी साधन उपलब्ध नभएर अनावश्यक गर्भ रहनसक्छ ।

दम्पत्तिबीचको सहवासमा पनि यस्ता त्रुटी हुन सक्छन् । यस्ता अवस्थामा आकस्मिक गर्भ रहन सक्ने सम्भावना हुन्छ । यी बाहेक बलात्कारको शिकार बनेका महिलाले पनि पेट बोक्न सक्छन् । अनावश्यक र अनिच्छित गर्भ रोक्ने कसरी त ?

असुरक्षित शारीरिक सम्पर्कका कारण अनिच्छित र अनावश्यक गर्भ रहने अवस्था आउन सक्छ । आकस्मिक गर्भ निरोधक चक्कीले अनावश्यक गर्भ रहन दिँदैन ।

chakkii

आकस्मिक गर्भनिरोधक चक्की

यस चक्कीको प्रयोग असुरक्षित सम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो ।

यसले कसरी काम गर्छ ?

यसले अनावश्यक गर्भ रोक्न तीन तरिकाले काम गर्नसक्छ :
१० यसले डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्नसक्छ
२० डिम्बलाई शुक्रकिटसँग मिलेर भ्रुण बनाउनबाट रोक्नसक्छ
३० बनिसकेको भु्रणलाई पाठेघरमा टाँसिन र भु्रणलाई बढ्नबाट रोक्नसक्छ

तर, के जान्न एकदमै जरुरी छ भने डिम्ब गर्भाशयमा जोडिसकेको छ भने आकस्मिक गर्भनिरोधक चक्कीले काम गर्दैन । यो गर्भ तुहाउने चक्की होइन । त्यसैले शरीरिक सम्पर्क भएको कति घण्टाभित्र यसलाई प्रयोग गरे, यो प्रभावकारी हुन्छ, थाहा पाउनु आवश्यक छ ।

चक्की कहिले प्रयोग गर्ने ?

तपाईँको असुरक्षित सम्पर्क भएको छ र तपाईँ गर्भवती हुन चाहनुहुन्न भने तपाईँले चाँडोभन्दा चाँडो आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुपर्छ । सम्पर्क भएको ७२ घन्टा ९तीन दिन० भित्र यो चक्की खाइसक्नुपर्छ ।

यी अवस्थामा महिलाले यो चक्की प्रयोग गर्न सकिन्छ
१। अरू परिवार नियोजनका अस्थायी विधि र साधन असफल भएमा
२। असुरक्षित सम्पर्क भएमा
३। अस्थायी साधन प्रयोग गर्न बिर्सेमा
४। बलात्कारजस्ता दुर्घटनामा परेमा

चक्कीका बेफाइदाहरू

यस चक्कीको प्रयोगले महिलाको स्वास्थ्यमा खासै प्रतिकूल प्रभाव पार्दैन । यो सबै महिलाले खान सक्छन् । यो खाएपछि महिलालाई वाक वाक लाग्ने, बान्ता हुने, टाउको, सानो पेट र स्तन दुख्नेजस्ता केही समस्या आएपनि ती दुईतीन दिनपछि आफैँ हराएर जान्छन् । कहिलेकाहीँ योनीबाट रगत जाने पनि हुनसक्छ । यसमा डर मान्नुपर्दैन । तर, रगत धेरै बग्यो भनेचाहिँ तुरुन्त अस्पताल गइहाल्नुपर्छ । यो चक्की खाएपछि महिनावारी अगाडि आउनसक्छ वा पछाडि जानसक्छ ।

आकस्मिक गर्भ निरोधक चक्की तीनदिन पछि या गर्भ रहिसकेको अवस्थामा खानुभयो भने यसले काम गर्दैन । यसलाई गर्भ निरोधका लागि नियमित प्रयोग गर्न सकिन्न र यसले यसले एचआइभी, एड्स तथा योनरोगबाट बचाउँदैन । कसैलाई यसको एलर्जी छ भने यो प्रयोग गर्नुहुँदैन ।

कति अवधिसम्म यो चक्की असरदायी हुन्छ ?

कुनै छोटो अवधिमा धेरैपटक सम्पर्क गरेपछि पनि यो चक्कीले काम गर्छ तर चक्की लिनुभन्दा अघि सबै सम्पर्क ७२ घण्टा भित्र नै भएको हुनुपर्छ । यो चक्की खाएपछि महिनावारी नभएसम्म अरू परिवार नियोजनका अस्थायी विधि प्रयोग गर्नुपर्छ ।

चक्की प्रयोग गर्नुअघि स्वास्थ्य जाँच गर्नुपर्छ ?

साधारणतया यो चक्की खानुअघि डाक्टरसँग जचाउनु जरुरी छैन । तर, तपाईँ कुनै गम्भीर रोगले पीडित हुनु हुन्छ, या कुनै औषधि नियमित खाइरहनुभएको छ भने गर्भनिरोधक चक्की खानुअघि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

चक्कीमा के हुन्छ ?

आकस्मिक गर्भ निरोधक चक्कीमा लेभोनोर्जेस्स्ट्रेल भन्ने हार्मोन हुन्छ । सम्पर्क भएको ७२ घण्टा भित्र एक चक्की खाए पुग्छ । बान्ता हुनबाट बच्न खाली पेटमा चक्की खानुहुँदैन । खाना खाएपछि खानुपर्छ या बान्ता नहुने औषधि खाएपछि खानुपर्छ । चक्की खाएको तीन घण्टाभित्र बान्ता भए अर्को एउटा चक्की खानुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१