यी हुन् यो वर्ष युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०४:३७

दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्र होइन, दुनियाँमा धेरै मानिसहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । यो वर्ष सन् २०१७ मा युट्युबबाट सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रेटीहरु यी हुन्ः

१. डानियल मिडल्टन (DanTDM): बेलायती मिनिक्राफ्ट प्लेयर डानियलले यो वर्ष युट्युबबाट १ करोड ६५ लाख अमेरिकी डलर आर्जन गरेका छन् । सन् २०१२ मा उनको युट्युब च्यानल लञ्च भएयता उनको च्यानलमा ११ अर्ब भ्यूज पुगिसकेको छ ।

२. इभान फोंग (VanossGaming): फोंगले यो वर्ष युट्युब च्यानलमार्फत १ करोड ५५ लाख डलर कमाई गरेका छन् । उनी आफ्नो युट्युब च्यानलमा अत्यधिक लोकप्रिय गेमहरु जस्तै ग्राण्ड थेप्ट अटो तथा कल अफ ड्युटी जस्ता गेमहरु प्रस्तुत गरी कमाई गर्दछन्।

३.Dude Perfect: ५ जना साथीहरु र उनीहरुको पाण्डा भेषको अर्को साथीले विभिन्न स्टन्ट तथा मुर्ख ट्रिक देखाउने यो च्यानलबाट यो वर्ष १ करोड ४० लाख डलर कमाई गरेका छन् ।

४. मार्क फिसबाच (Markiplier): यी गेमरको युट्युब च्यानलमा १ करोड ९० लाख सब्सक्राइबर छन् । उनले यस वर्ष युट्युब च्यानलमार्फत १ करोड २५ लाख आर्जन गरिसकेका छन् ।

५. लोगान पाउल: यी भिडियो ब्लगरले यस वर्ष युट्युबबाटै १ करोड २५ लाख डलर कमाई गरेका छन् ।

६. फेलिक्स जेलबर्ग (PewDiePie): यी युट्युब गेमर्सले यस वर्ष युट्युबबाट १ करोड २० लाख कमाई गरेका छन् ।

७. ज्याक पाउल: यी भिडियो ब्लगरले यस वर्ष १ करोड १५ लाख डलर आर्जन गरेका छन् युट्युबबाटै । यी पूर्व डिज्ने च्यानल स्टारसँग अहिले आफ्नो आफ्नै डिजिटल ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी पनि छ ।

८.स्मोश: एन्थोनी प्याडिल्ला र इयान हेकोक्सको यो व्यंग्यात्मक युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख डलर कमाई गरेको छ ।

९. रायन टोयज रिभ्यू: प्राथमिक विद्यालयमा पढ्ने रायन नामका बालकको यो युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख कमाई गरेको छ । यिनले आफ्नो युट्युब च्यानलमा बच्चाका खेलौनाको बारेमा विश्लेषण गर्ने गर्दछन् ।

१०. लिली सिंह: यी व्यंग्यकारले गत वर्ष युट्युबबाट १ करोड ५ लाख डलर आर्जन गरेकी छिन् ।

फोब्र्स म्यागेजिनबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१