समानुपातिकमा विवेकशील साझाले लियो राप्रपाको स्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०४:३२

काठमाडौं । आज बिहानसम्म समानुपातिकतर्फ साढे २५ लाख मत गणना विवेकशील साझालाइ सम्मान जनक मत प्राप्त भएको छ।

प्रदेश र प्रतिनिधिसभामा बढी सिट जितेको एमाले बिहानसम्म भएको मतगणना अनुसार अग्रस्थानमा छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेले ९ लाख ३५ हजार २ प्राप्त गरेको छ छ भने काँग्रेसले ८ लाख ७७ हजार ७ सय ७० मतसहित पछ्याइरहेको छ।

त्यस्तै माओवादीले ३ लाख ८५ हजार ३ सय छ प्राप्त गर्दै तेस्रो स्थानमा देखिएको छ भने ६४ हजार ८६ मत प्राप्त गरेको संघीय समाजवादी फोरम चौथो स्थानमा छ।

पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीको ५३ हजार २८ मत छ। यो मत २ प्रतिशतभन्दा बढी हो।

त्यस्तै कमल थापा नेतृत्वको राप्रपा ४८ हजार ३ सय ७६ मत प्राप्त गर्दै छैठौं स्थानमा छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१