‘सेकेन्डम्यान’ जसले चुनाव हारे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७४, मंगलवार ०८:०७

काठमाडौं ।  संविधान सभाबाट संविधान निर्माण भए पछि भएको पहिलो निर्वाचनमा केही यस्ता नेताहरुले पराजय व्यहोरे जसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस मध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ हुन्। यी तीनै नेता उनीहरुको पार्टीमा ‘सेकेन्डम्यान’ हुन्।

निर्वाचनले देश वाममय भएको समयमा श्रेष्ठ र गौतमले चुनावमा पराजय व्यहोरे भने २०४८ देखि संसदमा निरन्तर विजयी पौडेलले यो पटक पासा पल्टाउन सकेन्। उनलाई वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले तनहुँ १ बाट पराजित गरे। पौडेल ६ हजार ८ सय २ मतले पराजित बने। पौडेललाई पराजित गर्ने श्रेष्ठले ३४ हजार ४ सय ९२ मत प्राप्त गरे भने पौडेलले २७ हजार ६ सय ९० मत ल्याए। कुनै बेला कांग्रेसका प्रभावसाली नेता गोविन्दराज जोशी पौडेलका विरुद्ध वागी उठेका थिए। तर अदालतमा रहेको मुद्दाका कारण उनको उम्मेदवारी खारेज भयो। पौडेललाई हराउन उनी तनहुँमा खुलेरै लागे। यो त एउटा सानो कारण मात्र हो। निरन्तरका विजेता पौडेलले जिल्लालाई न्याय गर्न नसकेको आरोप लाग्दै आएको छ जुन अहिलेको निर्वाचनमा मतदाताले देखाए।

निर्वाचनले देश वाममय भएको समयमा श्रेष्ठ र गौतमले चुनावमा पराजय व्यहोरे भने २०४८ देखि संसदमा निरन्तर विजयी पौडेलले यो पटक पासा पल्टाउन सकेन्।

एमाले नेता वामदेव गौतम वाम गठवन्धन निर्माण गर्न भूमिका खेल्ने प्रमुख नेता थिए। गठवन्धन बनेपछिका धेरै वैठक उनकै घर भैसेपाटीमा बसे। गठवन्धन पछि भैसेपाटी स्थित उनको उनको निवासको रौनक फेरियो। तर चुनावको परिणामले उनलाई पछि धकेलिदियो। ‘वेटिङ प्राइममिनिस्टर’ को रुपमा आफुलाई प्रस्तुत गर्दै आएका गौतम पराजयसँगै अन्य कुरा यथावत रहेमा सत्ताको रेसबाट आउट भएका छन्। उनलाई वर्दिया १ बाट नेपाली कांग्रेसका संजय कुमार गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दै पराजित गरेका थिए। वामदेवले ४४ हजार ७६ मत ल्याए । उनीहरु दुईबीचको मतान्तर जम्म ७५३ छ। चुनावलाई ‘इजी’ मान्नु नै उनको दुर्भाग्य भयो। नेपालको राजनीतिमा उनलाई ‘चुनावी खेलाडि’ को रुपमा समेत बुझ्ने गरिन्छ। उनै खेलाडिले यस पटक भने गोल गर्न सकेनन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आफ्नै पूर्व सहयात्री डा. बाबुराम भट्टराईसँग पराजित बने। गोरखा २ बाट यी दुई पूर्व सहयात्री प्रतिष्पर्धामा थिए। यो जितसँगै डा. भट्टराईले गोरखामा ‘ह्याट्रिक’ गरेका छन् । श्रेष्ठले अहिलेसम्म निर्वाचनमा विजय हात पार्न सकेका छैनन्। ०६४ को संविधान सभामा समानुपातिक सांसद बनेका श्रेष्ठ २०७० को दोस्रो संविधान सभामा मकवानपुरबाट पराजित बनेका थिए। यो पटक श्रेष्ठ डा. भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित बने। डा. भट्टराईले ३१ हजार ८ सय ७ मत प्राप्त गर्दा श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे। विकास प्रेमी नेताको छवि बनाएका डा. भट्टराईसँग श्रेष्ठ टिक्न नसकेको विष्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१