कांग्रेसभित्र भूईचालो : देउवा तनावमा, कोइराला परिवार विकल्प खोज्न थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७४, मंगलवार ०७:०६

काठमाडौं ।  मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ । कांग्रेसले अधिकांश स्थानमा हार्दै गएपछि अहिले कांग्रेसका शीर्ष नेताहरुले नै सभापति देउवाको राजिनामा खोजिने हल्ला चलेको छ । मतगणनाको सुरुआती रुझानले यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने निश्चित भएको छ । पहिलो चरणमा भएका ३२ जिल्लामा माओवादी र एमाले नेतृत्वको बाम गठबन्धनले बढी सिट जितेपनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाम राम्रो आउने आँकलन गरिएको थियो । तर त्यहाँपनि त्यस्तो नभएपछि अहिले कांग्रेसमा भूचालो गएको छ । यता कांग्रेसभित्रै कोइराला परिवारले नै सभापति देउवाको राजिनामा माँग्ने तयारी गरेको छ । महामन्त्री डा. शशांक कोइराला र नेताहरु डा. शेखर कोइराला र सुजाता कोइराला नै टिकट वितरणमा देउवाले गलत गरेको भन्दै सुन्तुष्ट थिएनन् ।देउवाले परिस्थितिको सही विश्लेषण गर्न नसकेको र, सही र योग्य नेताहरुलाई टिकट नदिएको कोइराला परिवारका नेताहरुको आरोप छ ।

Image result for deuba fire

कांग्रेसले चुनाव हार्नुको धेरै कारण हुन सक्छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व शैली नै प्रमुख कारण मान्ने धेरै छन् । देउवाको कार्यशैली र संगठनभन्दा बढि नेतृत्वको दम्ब देखाउने प्रवृत्तिले आलोचना बढेको हो । देउवा त तनावमा छन नै ? अब कांग्रेस नेतृत्व कोइराला कि पौडेल रु बहस सुरु भएको छ । कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले तत्कालिन माओवादीसँग दिल्लीमा गरेको १२ सहमतीको बिरोध गर्दा देखिनै पार्टी आरोलो लागेको आंकलन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१