सरकारद्वारा ग्यास र पेट्रोलको मूल्यबृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७४, सोमबार ०८:२५

काठमाडौँ । चुनाव अघि इन्धनको मूल्यबृद्धिको निर्णय फिर्ता लिएको सरकारले चुनाव सकिने बित्तिकै इन्धनको मूल्य बढाएको छ ।

आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ मूल्यबृद्धि गरिएको छ ।

हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, सुर्खेत र दिपायलका पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य समान ७७ रुपैयाँ कायम गरिएको छ । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१