जाडोमा हात खुट्टाको छालाको स्याहार यसरी गर्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७४, शुक्रबार ०६:२९

सुमी रञ्‍जित /  सामान्यतया मानिसहरूले बढी मात्रामा मुहारको सुन्दरतामा मात्र ध्यान दिने गर्छन्। तर, सौन्दर्यको दृष्टिले अन्य अंग पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। जसमा हातखुट्टा पनि पर्छन्। गर्मी मौसमभन्दा जाडो मौसममा शरीरको बाह्य अंगहरूको विशेष ध्यान पु¥याउनुपर्छ। त्यसमा पनि हातखुट्टाको विशेष ध्यान दिनुपर्छ। यो मौसममा छाला रुखो हुने, फुस्रो हुने र फुट्नेजस्ता समस्या देखिन्छन् । प्रथमतः जाडोमा हात खुट्टालाई चिसोबाट जोगाउन हातमा बाहुला भएको कपडासँगै पन्जा लगाउने गर्नुपर्छ। खुट्टामा मोजा तथा न्यानो दिने जुत्ता लगाउने गर्नुपर्छ । खुट्टाको साथै पैतलाको पनि स्याहार आवश्यक छ । पैतलालाई मुलायम तथा सुन्दर बनाउनका लागि यस्तो लोसन लगाउनुस जसमा पेट्रोलियम जेली वा ग्लिसरीन होस ।यदि, घरमै सरसफाइ गर्ने हो भने हरेक दिन सुत्नुभन्दा अघि हातखुट्टा राम्ररी धोएर हातखुट्टाको छाला नरम बनाउने सम्बन्धित क्रिमको प्रयोग गर्नुपर्छ । त्यसो त बजारमा पाउने क्रिम छैन भने विभिन्न घरेलु सामग्री पनि प्रयोग गर्न सकिन्छ । घरमै हात खुट्टाको स्याहारको लागि स्याम्पु कागती ग्लिसिरिन दुधको तर आदिको प्रयोग अति उत्तम हुन्छ । शरीरको अन्य अंगभन्दा कुर्कुच्चाको छाला बढी कडा हुने भएकाले त्यसमा तैलीय पदार्थको कमी हुन गई जीवित कोषहरू मृत कोषमा परिणत हुन्छन् । सोही कारण चिसोको मौसममा बढी कुर्कुच्चा फुट्ने गर्छ ।

खुट्टाको छालाका प्रकार 

  • अति सुख्खा 
  • सुख्खा
  • नरम 

जाडोमा हातखुट्टाको कसरी हेरचाह गर्ने भन्नेबारे यहाँ केही चर्चा गरिएको छ ।

जाडोमा हातखुट्टाको छालामा देखिने समस्या
१.जाडोमा चिसोको कारणले रक्तसञ्चारमा आउने अवरोहले पनि छालालाई प्रभाव पर्छ । मूलतः चिसोले छाला फुस्रो हुन्छ ।
२. छालाको चमक घट्दै जान्छ ।
३.फुस्रोपना बढेपछि छाला फुट्दै जान्छ ।
४ .फुटेको ठाउँबाट रगतसमेत बग्ने गर्छ ।

जाडोमा हातखुट्टाको छाला सुन्दर राख्ने उपाय

– प्रथमतः जाडोमा हात खुट्टालाई चिसोबाट जोगाउन हातमा बाहुला भएको कपडासँगै पन्जा लगाउने गर्नुपर्छ। खुट्टामा मोजा तथा न्यानो दिने जुत्ता लगाउने गर्नुपर्छ ।
– मनतातो पानीले सुत्नु अघि हरेक दिन हातखुट्टा धुने गर्नुपर्छ। केबल क्रिमको मात्र प्रयोग गर्ने र छाला नधुने गरेमा छाला नरम त हुन्छ तर चमक हुँदैन । त्यसैले मनतातो पानीले धुनु अतिआवश्यक छ ।
– खुट्टा धोइसकेपछि सुत्नु अघि हातखुट्टामा छाला नरम पार्ने मोस्चराइजर तथा कोल्डक्रिम लगाउनुपर्छ । यस्तो क्रिमले छालालाई नरम पारेर फुट्नबाट जोगाउँछ ।
– ब्युटी पार्लरको सुविधा छ भने प्रत्येक १५ दिनमा ब्युटीपार्लर गएर मेनिकेयर तथा पेडिकेयर गर्नुपर्छ ।
– यदि बजारमा पाइने सौन्दर्य क्रिम उपलब्ध छैन भने घरमै पाइने दूधको तर, नौनी घिउ, ग्लिसिरिङ आदिको पनि प्रयोग गर्न सकिन्छ

फुटेको खुट्टाको छालाको उपचार

– यदि खुट्टाको छाला फुटेको छ भने पहिला  पानी मनतातो बनाउने ।
–  मनतातो पानीमा एक बिर्को स्याम्पो र एक विर्को हाइड्रोजन प्यारा अक्साईड हालेर घोल्ने । त्यसमा खुट्टाको फुटेको भाग डुवाएर पानी चिसो नभएरसम्म (१०–१५) मिनट बस्ने । अब खस्रो ढुंगा तथा प्युमिक स्टोनले खुट्टाको फुटेको छालालाई बिस्तारै रगड्ने । यसो गर्दा फुटेर मरेको छाला सहजै निक्लिन्छ
– यसपछि सफा मनतातो पानीले फेरि खुट्टा धुने । तौलिया वा अन्य सफला कपडाले खुट्ट पुछेर सफा बनाउने । यसपछि फुटेको ठाउँमा फुट क्रिम वा खुट्टा फुटेको ठिक पार्ने अन्य क्रिम लगाएर हलुका मालिस गर्ने । यही क्रम एक हप्तासम्म नियमित गर्दा खुट्टाको फुटेको छाला ठीक हुन्छ । यसरी ठीक भएपछि खुट्टाको छाला फुट्न नदिन सावधानी र उपाए अपाउने
– यदि खुट्टाको छाला बढी नै फुटेर लगत बग्ने गरेको छ भने छाला सम्बन्धि चिकित्सासँग सल्लाह लिएर उपचार गर्ने
– खुट्टाको छाला फुटेको अवस्थामा घरमा उपचार गर्न सहज भएन भने नजिकैको ब्युटी पार्लरमा गएर खुट्टाको पेडिक्युर गरेर पनि खुट्टालाई राम्रो बनाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१