अब दिन गनेर देशको बिकास गर्नु पर्छ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले संसद्को निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयकोमा निर्बाचन आयोग, सरकार, राजनैतिक दलहरु, सुरक्षा निकाय तथा सम्पूर्ण मतदातामा आभार ब्यक्त गर्नु भयको छ । पूर्व मन्त्रि समेत रहेका ढकालद्वारा जारि बिज्ञप्तिमा निर्बाचन सम्पन्न संगै संबिधानको कार्यन्वयन भयको, राष्ट्र र जनताको जित भयको र अब मुलुक स्थायित्व, दिगो शान्ति र आर्थिक उन्नतिको मार्गमा अग्रसर हुने बिश्वाश ब्यक्त गरियको छ । नेता ढकालले निर्बाचनको परिणाम संगै जन प्रतिनिधिहरुको अग्नि परिक्ष सुरु हुने भन्दै अब दिन गनेर देशको बिकासमा लाग्नु पर्छ भन्नु भयको छ । बिज्ञप्तिमा अब कुनै पनि बहानामा कसैले पनि राष्ट्रिय एकता र आर्थिक संमृद्धिलाइ रोक्न नसक्ने भन्दै ढकालले जित्ने र हार्ने दुवै पक्ष देश प्रति जिम्मेवार भयर अघि बढ्नु पर्ने उल्लेख गर्नु भयको छ ।नेता ढकालले निर्बाचनमा जनताको उत्साहपुर्बक सहभागिताले नेपालमा संबिधान र लोकतन्त्रप्रति नागरिकहरुको बिश्वाश प्रकट भयको बताउनु भयको छ ।

बिहिबार, मंसिर २१, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री