हलिउडमा कट्रिना चासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७४, बिहीबार ०७:२७

मुम्बई- बलिउडकी ‘बार्बी डल’का रूपमा परिचित अभिनेत्री कटि्रना कैफले हलिउडको प्रख्यात टेलिभिजन सिरिज ‘गेम अफ थ्रोन्स’मा काम गर्ने चाहना व्यक्त गरेकी छन्। ‘गेम अफ थ्रोन्स’को सातौं सिजनको अन्तिम भाग अनएयर हुन बाँकी रहँदा कटि्रनाले यो ऐतिहासिक सोका लागि आफ्नो चाहना राखेकी हुन्।

कटि्रनाले इन्स्टाग्राममा आफ्नो एक तस्बिर पोष्ट गर्दै ‘गेम अफ थ्रोन्स’मा सहभागिता जनाउने इच्छा जाहेर गरेकी थिइन्। सो तस्बिर उनले हालैमा ‘भोग’ म्यागाजिनका लागि खिचाएकी हुन्। तस्वीरमा कटि्रनाले स्विम सुट लगाएकी छन्। जुन सुट ट्राइबल थिममा आधारित छ। कटि्रनाले यो तस्बिरमार्फत ‘गेम अफ थ्रोन्स’की खलिसीको स्थान लिन चाहेको समाचारहरूमा जनाइएको छ। तस्बिरमा ट्राइबल स्वीम सुटमा कटि्रना डैनीको मोर्डन अवतार जस्तै देखिएकी उनका फ्यानले प्रतिक्रिया दिएका छन्।

कटि्रनाले तस्बिरमा ‘के म गेम अफ थ्रोन्समा आउन सक्छु, प्लिज म जोन स्नोलाई प्रेम गर्छु। प्लीज मलाई सोको लागि लिनुहोला’ भन्दै क्याप्सन पनि लेखेकी छन्। जोन ‘गेम अफ थ्रोन्स’का प्रमुख कलाकार हुन्। शोमा डेनेरिस टार्गेरियन र जोन स्नोबीचको रोमान्स देखाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१