ओठको कालोपन यसरी हटाउँनु होस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७४, बिहीबार ०७:०८

अनुहारलाई सुन्दर बनाउने एक महत्वपूर्ण अंग ओठ पनि हो । अनुहारका अन्य भाग राम्रो भए पनि ओठ कुरुप छ भने त्यसलाई सुन्दर मान्न सकिदैन। अथवा सुन्दरतामा निखार ल्याउने प्रमुख अंग ओठ नै हो।

कतिपय महिला र पुरुषले ओठको कालोपनबाट निकै समस्या भोगिरहेको बताउँछन् । ओठको कालोपन लुकाउन महिलाले लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्छन । तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जान्छ । ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं ।

चुकन्दर = ओठको कालोपन हटाउन चुकन्दर निकै नै उपयोगी फल हो । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाफी र चम्किलो हुन्छ र ओठको कालोपन पनि हराएर जान्छ ।

दुधको तर = दुधको तर पनि ओठको लागि निकै फाइदाजनक हुन्छ । यसले ओठको सुक्खापन हटाउनुका साथै कालोपन पनि कम गर्छ । दूधको तर लगाउनका लागि थोरै तरमा एक चिम्टी बेसारको धुलो मिसाएर नियमित रूपले राती सुत्ने बेला ओठमा लगाएर मसाज गर्ने ।

यो घरेलु उपायले तपाईंले केही दिन मै आफ्नो ओठको कालोपन गायब भएको र ओठ मुलायम र गुलाफी भएको पाउनु हुन्छ ।

गुलाफको फूल ओठको कालोपन हटाउनका लागि गुलाफको फुल एक उत्तम उपाय हो । यसको नियमित प्रयोगले ओठको रंग हल्का गुलाफी र चम्किलो हुन्छ । तपाईंले गुलाफको फूलको पेस्टमा थोरै मात्रामा ग्लिसिरिन मिसाएर पनि लगाउन सकिन्छ ।

कागती = ओठको कालोपन हटाउन कागतीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि निचोरेको कागतीको बोक्रालाई ओठमा बिहान र साँझ रगड्नुपर्छ । कागतीको बोक्राले ओठको मसाज पनि गर्न सकिन्छ ।

मह = महको लेप ओठमा लगाउँदा कालोपनबाट छुट्कारा पाउन सकिन्छ । त्यसका लागि थोरै मह लिएर विस्तारै–विस्तारै ओठमा मसाज गर्नु पर्छ । ३ देखि ४ दिनसम्म नियमित यसो गर्नाले नतिजा सकारात्मक देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१