महमा लुकेका यी १० आश्चर्यजनक फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७४, बिहीबार ०७:००

मह एक गुलियो र चिल्लोपन भएको अर्ध तरल पदार्थ हो । जुन मौरी द्वारा बिरुवाको फुलको रसबाट तयार गरिएको हुन्छ र आहारको रूपमा संग्रह गरिएको हुन्छ । मह गुलियो हुनुको मुख्य कारण ग्लूकोज र एकल ग्लूकोज फ्रक्टोज हो । महको स्वाद थाहा नपाउने मानिस कमै होलान् । महको उचित मात्रामा सेवन नगर्दा यसको फाइदा भन्दा बेफाइदा नै बढी हुनसक्छ । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गरेमा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मद्दत गर्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा यस समस्याबाट सजिलै आराम पाउन सकिन्छ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्ता रोग निको पार्न मह निकै उपयोगी मानिन्छ । यसको साथै महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । महको सेवन गर्नुपर्ने यी १० आश्चर्यजनक फाइदाहरू पनि जानी राखौँ ।

१- रगत सफा गर्ने अर्थात् रगत शुद्धिको लागि महको सेवन गर्नुपर्दछ ।

२- महमा भिटामिन ए, बी, सी, आयरन, क्याल्शियम, सोडियम, फास्फोरस, आयोडिन पाईन्छ । दिनहुँ महको सेवनले शरीरमा शक्ति, स्फूर्ति र ताजापन ल्याउनुको साथै रोगहरूसँग लड्ने शक्ति बढाउँछ ।

३- महको सेवनले कफ एवम् अस्थमा को समस्याबाट छुटकारा दिन्छ । अदुवाको रसमा महलाई मिलाएर खाँदा खोकीबाट आराम मिल्छ ।

४- उच्च रक्तचापलाई नियन्त्रण गर्न महको सेवन निकै उपयोगी हुन्छ ।

५- मुटुलाई बलियो राख्न, हृदयले सन्तुलित रुपमा कार्य गर्न र हृदय सम्बन्धि रोगहरूबाट बचाउनको लागि प्रतिदिन महको सेवन गर्नु राम्रो मानिन्छ ।

६- दिनहुँ महको सेवन गर्दा स्वास्थ्यमा सुधार आउने र मस्तिष्क सम्बन्धित कुनै पनि कमजोरीलाई हटाउँछ ।

७- अनुहारको चाउरीपन र डन्डीफोर हटाउन महको सेवन निकै लाभदायक हुन्छ । तपाईले गुलाब जल, कागती र मह मिलाएर अनुहारमा लगाउन सक्नुहुन्छ ।

८- गर्मीमा दिनहुँ पानीको साथमा महको सेवन गर्दा पेट हल्का रहन्छ ।

९- पाकेको आँपको रसमा मह मिलाएर खाँदा जन्डिसको समस्याबाट छुटकारा मिल्छ ।

१०- अनुहारको सौन्दर्य बढाउनको लागि मह, क्रिम र बेसन लगाउनुहोस । यसले अनुहारमा सुन्दरता बढ्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१