तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई छन् ।

उनको साथबाट चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री