कपर टि कति सुरक्षित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७४, बुधबार ०७:२४

अनिच्छित गर्भ धेरैको निम्ति टाउको दुखाईको विषय बन्छ । नचाहेरै रहेको गर्भ तुहाउने कि, राख्ने भन्ने द्विविधाग्रस्त मानसिकताले कतिलाई डिप्रेसनको अवस्थामा समेत पुर्‍याउँछ । कतिले त यहि कारण आत्माहत्या समेत गर्छन् ।

गर्भ रहिसकेपछि दुई वटा बिकल्प बाँकी रहन्छ, राख्ने वा नराख्ने । अनिच्छित गर्भपतनका लागि अहिले औषधी वा कृतिम विधिबाट गर्भ निकाल्ने गरिन्छ । यसले समस्याबाट पार त लगाउँछ तर, स्वास्थ्यमा भने असर गर्छ ।

त्यसैले अनिच्छित गर्भ रोक्नका लागि धेरैले गर्भनिरोधक चक्की प्रयोग गर्छन् । कतिले इमर्जेन्सी पिल्स अर्थात आकस्मिक गर्भनिरोध चक्की सेवन गर्छन् । यौन सम्पर्क गरेको बढी ७२ मिनेटसम्म यसले काम गर्छ । यद्यपी जति चाडो सेवन गरियो, उत्तिनै प्रभावकारी हुन्छ ।

गर्भनिरोधात्मक चक्कीले महिलाको शरीरमा हर्मोनल परिवर्तन गराउँछ । यसले मासिक श्राव अनियमित गराउँछ । तयसैले गर्भनिरोध चक्की सुरक्षित वा राम्रो मानिदैन ।

कपर टि कति सुरक्षित

कपर टि, गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ । कपर टि लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन ।

तर, कपर टि लगाइसकेपछि कति दम्पतीमा यस्तो प्रश्न उठ्न सक्छ कि, यसले यौन जीवनमा असर त पर्दैन ?

यौन सम्पर्कका क्रममा  कपर टिमा लगाइएको तारले यौन सम्पर्कमा वाधा उत्पन्न गर्न सक्छ ।  खासमा चिकित्सकले यसलाई सिधा काट्नुपर्ने हुन्छ । यदि त्यसो भएन भने पार्टनरको लिंगमा असर गर्न सक्छ । यस्तो स्थिती एकदमै कम मात्रामा हुनसक्छ । यद्यपी त्यसो भएमा चिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ ।

रगत आउन सक्छ

केहि महिला, जसले हर्मोनल आईयूडी लगाएको हुन्छ, यौन सम्पर्कको क्रममा उनीहरुको रगत आउन सक्छ । हरेक महिना मासिक श्रावका साथै थोरै रगत आउन सक्छ । कहिले कहि यौन सम्पर्कको बेला पनि रगत आउन सक्छ । यदि त्यस्तो अवस्थामा आएमा यौन जीवन प्रभावित हुनसक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्छ ।

यौन जीवनमा असर पर्दैन

हर्मोनल आईयूडी र नन हर्मोनल आइयूडी लगाउनाले यौन जीवनमा खास असर पदैन ।

अनिच्छित गर्भको चिन्ता हुन्न

यस किसिमको आईयूडी लगाएपछि अनप्लन्ड प्रग्नेन्सीकेा खतरा हुँदैन । यौनमा नयाँ नयाँ प्रयोग गर्न सकिनेछ । जब चक्की लिने वा कन्डम लगाउने चिन्ता हुँदैन भने सेक्स अधिक सहज हुन्छ ।

आइयूडी आफ्नै स्थानमा रहन्छ

यदि आईयूडीलाई यूटरसको सहि स्थानमा लगाइएको छ भने हरेक किसिमको यौन पोजिसन प्रयोग गर्न सकिन्छ । यसका लागि कुनै तनाव लिनुपर्ने छैन ।

यसकारण फाइदाजनक

–     यो गर्भनिरोधको प्रभावशाली उपाय हो ।

–     यो सुविधाजनक हुन्छ, पिल्स लिनेजस्तो झन्झट हुँदैन ।

–     महंगो हुँदैन ।

–     चिकित्सकद्वारा कुनैपनि समयमा निकाल्न सकिन्छ ।

–     तुरुन्तै काम सुरु गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०