चन्दा असुल्ने १२ पक्राउ

इलाम ।  विभिन्न बहानामा चन्दा असुली गरेको अभियोगमा १२ जना सूर्योदय नगरपालिकाको गोर्खेबाट पक्राउ परेका छन् । मंगलबारे गाउँमा चन्दा असुल्दै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र सिंहदेवी मावि मतदान केन्द्रका प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
इलाम जिल्ला प्रहरीले गौरव युवा एकता समाज तथा पीडित उद्धार सेवा संस्था काठमाडौं–४, चाबहिलको नाममा चन्दा उठाउने नौ जना पक्राउ परेको जनाएको छ । त्यस्तै, नाइट स्टार युवा क्लब तेह्रथुमको नाममा चन्दा उठाउने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन खैरेनी–४ का ४९ वर्षीय मुक्तिनाथ अधिकारी, गुल्मी इस्मा–५ का २० वर्षीय जितेन्द्र जीसी, इस्मा–२ का १७ वर्षीया कोपिला थापा, काठमाडौं तारकेश्वर–५ का ४१ वर्षीया कृष्ण थापा, खैरेनी–५ का ५१ वर्षीय बसन्तबहादुर बराल, तनहुँ शुक्लगण्डकी–१३ का २८ वर्षीय रामु सुवेदी, गोरखा सिरानचोक–८ का अग्री उपरकोटी, रूपन्देही देवदहकी २२ र्षीया माया पुलामी र तारकेश्वर–७ की ३२ वर्षीया मीन केसी छन् । त्यसैगरी, तेह्रथुम फेदाप–२ का २९ वर्षीय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ वर्षीय अर्जुनकुमार गौतम र ३० वर्षीय रमेश गौतम छन् ।

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री