निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरणमा रोक

धरान । स्थानीय प्रशासनले दोस्रो चरणको निर्वाचन अवधिभर सुनसरीमा मादक पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न मंसिर २५ गतेसम्म मादक पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।

होटेल व्यवसायीले जबर्जस्ती मादक पदार्थ बिक्रीवितरण गरे पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने उनको भनाइ छ।
सुनसरीका धरान, इटहरी, तरहरा, झुम्का, कोसी ब्यारेज, दुहबीलगायत स्थानमा बढी मात्रामा मादक पदार्थ बिक्रीवितरण हुने गर्छ।

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री