विश्वकप फुटबलको ड्र सार्वजनिक : कुन देश कुन समूहमा परे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७४, सोमबार १६:२३

काठमाडौं । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ।

शुक्रबार रुसको राजधानीस्थित क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो। विश्वकप खेल्ने ३२ टोलीलाई विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्ने गरी ८ समूहमा विभाजन गरिएको छ।

सार्वजनिक ड्र अनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे परेका छन् भने समूह बी मा पोर्चुगल, स्पेन मोरोक्को र इरान पनि परेका छन्।

त्यस्तै समुह सीमा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन्। यसैगरी समूह डी मा अजेन्टिनामा , आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन् भने समूह ई मा ब्राजिल, स्वीटजरल्याण्ड, कोष्टारिका र सर्बिया परेका छन्।

समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन्। समूह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड परेका छन्।

यस्तै समूह एचमा भने पोल्याण्ड, सेनेगल, कोलम्बिा र जापान परेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१