समस्यै–समस्यामा कान्ति बाल अस्पताल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७४, सोमबार ०७:४६

काठमाडौं ।  मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन्, कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन्, धारामा धमिलो आउँछन् । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

अस्पतालको आम्दानीले तलब पनि पुग्दैन

कम बिरामी आउने हिउँदका महिनामा अस्पतालको आम्दानी घट्छ । त्यस्तो अवस्थामा कर्मचारीलाई तलब दिनै मुस्किल पर्छ । ‘चौबिसै घण्टा अब तलब कसरी खुवाउने भन्ने चिन्ता हुन्छ,’ अस्पतालका निर्देशक गणेश राईले भने। अघिल्ला वर्षहरूमा पनि कम आम्दानी भएका बेला निर्देशकले ऋण तथा सापटी लिएर तलब व्यवस्थापन गर्थे । कान्ति बाल अस्पताल विकास समितिबाट सञ्चालित छ । अस्पतालमा ६० प्रतिशत विकास समितिका कर्मचारी छन्। जसलाई अस्पतालकै आम्दानीले तलबभत्ता दिनुपर्छ । सरकारले ४० प्रतिशत कर्मचारीलाई मात्र तलबवभत्ता व्यवस्था गर्छ । अस्पतालका ६० प्रतिशत कर्मचारीको  तलबका लागि मासिक ९० देखि ९५ लाख रुपैयाँ आवश्यक पर्छ ।

अस्पतालमा आम्दानी कम हुनुको अर्को कारण हो क्यान्सरका र विपन्न बिरामीको वृद्धि । उनीहरूको उपचारले दीर्घसमय लिने  र सरकारी व्यवस्थाअनुसार निःशुल्क उपचार गराउनु पर्छ । त्यस्ता बिरामीका लागि प्रतिबिरामी पचास साठी हजार खर्च हुने, अस्पतालका डियुटी अफिसर रमेशनरसिंह केसीले भने । सबै बिरामीको निःशुल्क अभिलेख भएका नभएका गरी मासिक १४ देखि १५ लाख निःशुल्क उपचारमै खर्च हुने गरेको अस्पतालको अनुमानित खर्च छ ।

यी कारणले विगतका निर्देशकहरूले पनि हिउँदमा तलब जुटाउन नसकेका अनुभव अस्पतालसँग छन् । अस्पतालको आम्दानी बढाउन सेवा शुल्क बढाउँदा विपन्न बिरामी मर्कामा पर्ने र शुल्क बढाउँदा मन्त्रालले अनुमति नदिने अर्को समस्या छ । ‘गत वर्ष शुल्कः बढाइएको छ, यसपालि बढाउन मिल्दैन’ निर्देशक राईले भने ।

धारामा धमिलो पानी

भूकम्पमा बिग्रेको डिप बोरिङ मर्मत गर्न नसकिँदा अस्पतालका धाराहरूमा धमिलो पानी आउँछन् । ‘बोरिङबाट धमिलो पानी आउँदो रहेछ, अहिले सबै धारामा धमिलो पानी आउँछ,’ निर्देशक राई भने । बोरिङ मर्मतलाई नै ४५ लाख लाग्ने र सो कामको लागि बजेट आइनसकेको निर्देशक राईले बताए ।

विग्रेका शौचालय

अस्पतालका पुराना भवन र भवनसँगै बिग्रिएका शौचालय पनि बिग्रेभत्केको अवस्थामा छ । यस विषयमा वर्षेनी सञ्चार माध्यमले कुरा उठाएका छन् नै ‘हेलो सरकार’ समेत आएर अनुगमन गरिसकेको छ । शौचालयका पाइप पुरानो भई खिया परेको र साँघुरो भएर जाम भइरहन्छ । पुराना पाइप फेर्ने कुरा त भएको छन् तर काम भएका छैनन् ।

अहिले पनि पाँचवटा शौचालय बन्द छन् । गत साल सरकारले दिएको बजेटले दुई वटा शौचालय मर्मत भएका थिए। हाल बर्न वार्डको पानी चुहिने शौचालय र हल मर्मत गर्ने कार्य भइरहेको छ ।

विकास समिति, सरकार र ठेक्काका कर्मचारीबीच समवन्य नहँुदा तथा र कर्मचारीहरू काममा उत्पे्ररित हुन नसक्दा कायए व्यवस्थापनमा समस्या थपिएको छ ।

‘दबाब दिएर काम लगाउने अवस्था छैन, हामी भन्दा सफाइ कर्मचारीका युनियन बलिया छन्, हामीले होइन उनीहरूले हामीलाई जतिखेर पनि हामीलाई कारबाही गर्न सक्छन्,’ निर्देशक राईले भने ।

निश्चित काममा लागू गरिएको ठकेदारी प्रथाले एक दिनमा तीन ठाउँमा काम गर्नुपर्ने वाध्यताले ठेक्काका कर्मचारीहरू अस्पतालमा आएर आरम गर्ने प्रवृत्ति छ । ‘निजीमा तीन सिफ्ट काम गरेर आउँदा थाकेका कर्मचारी यहाँ आएर डियुटी गर्ने भन्दा पनि आरम गर्ने गर्छन्,’ डा. राईले भने ।

अस्पतालका उपकरण तथा अन्य सामाग्री पनि पुराना भइसकेको छन् ।

जनशक्तिको अभाव

सरकारले पुरानै भौतिक पूर्वाधार तथा शैड्ढया अनुसार जनशक्ति तथा तलब सेवा सुविधाको व्यवस्था गरेकोले बाँकी व्यवस्थापन अस्पताल आफैंले गर्नुपर्छ । गगन थापा स्वास्थ्य मन्त्री हुँदा वृद्धि गरेको ५२ शैड्ढयाको आइसियू जनशक्तिको अभावले अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा सञ्चालन हुन सकेको छैन । ‘३४ शैड्ढया मात्र सञ्चालन गरेका छौं,’ डा. राईले भने । यो आइसियू सञ्चालन गर्न थप ४० जना नर्सको दरवन्दी आवश्यक पर्छ । यो जनशक्ति पूर्ति गर्न थप मासिक २५ लाख बजेट आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

कर्मचारी व्यवस्थापनमा चुनौती

अस्पताल विकास समिति, नेपाल सरकारका स्थायी, स्वास्थ्य मन्त्रालय र विकास समितिले नियुक्ति गरेका अस्थायी कर्मचारी र अस्पतालले नियुक्त गरेका ज्यालाका कर्मचारी अस्पतालमा कार्यरत छन् । यी कर्मचारीबीच स्तरवृद्धि र उत्पे्ररणा जस्ता विषयमा समन्वय हुन नसक्दा अस्पताल प्रशासनले राम्रोसँग काम लगाउन नसकेको निर्देशक राईको धारणा छ । ‘विकास समितिका कर्मचारीलाई जुन पदमा नियुक्ति भयो, त्यसमै अवकाश हुनुपर्ने अवस्था छ, त्यही समय सरकारी कर्मचारीको स्तरवृद्धि भइरहेको हुन्छ, यस्तो अवस्थामा कर्मचारीलाई काममा उत्पे्रणा हुँदैन’ राईले भने ।

यी समस्याबारे अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले माग सम्बोधनका लागि सम्बन्धित विभागलाई निर्देशन दिइसकेका छन् । सबै मागहरू एकमुष्ठ सम्बोधन हुन नसक्दा र केही माग सजिलै पूरा हुने अवस्था नभएकाले अस्पतालको प्रभावकारी व्यवस्थापनमा चुनौती बनेको निर्देशक राईले बताए । ‘गत साल दिएको बजेटले दुई शौचालय मर्मत ग¥यौं, अहिले सबै मर्मत गर्न पर्याप्त बजेट छैन,’ उनले भने । अहिलेकै अवस्थामा अस्पताललाई सुधार गर्न सरकारले भौतिक पूर्वाधारको लागि बजेट विनियोजन गर्ने तथा जनशक्ति थप गरेमा अस्पताल सुधार तथा विकास हुन सक्ने राईले बताए ।

अस्पतालमा लामो समयदेखि कायम चार थरीका कर्मचारीलाई उचित व्यवस्थापन गर्ने एक मात्र उपाय मुलुक संघीय राज्यको अभ्यासमा गएकै बेला कर्मचारी समायोजन गरी एकद्वारा प्रणालीमा राख्न सकिएमा समस्या समाधान हुन सक्ने निर्देशक राईको सुझाव छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१