अपाङ्गहरुलाई ज्याकेट र स्वीटर वितरण

काठमाडौँ ।  सामाजिक क्षेत्रमाविशेष योगदानदिदै आएको समाजिक संस्थाफिलर्स नेपालले जोरपाटीको खगेन्द्र नवजीवनकन्द्रमा एक सय भन्दा बढी अपाङ्गहरुलाई सहयोग गरेको छ ।
केन्द्रमा रहेका एक सयभन्दा बढी अपांगहरुलाई एक सय थानज्याकेट र एक सय थान स्वीटर वितरण वितरण गरिएको फिलर्स नेपालकाअध्यक्ष टासि शेर्पाले बताए ।
शेर्पाकाअनुसार संस्थाले गतभदौमा तराई बाढीमा डुबानमा परेको समयमाबौद्धमा राहत संकलनकालागि राखिएको क्याम्पबाट संकलनभएकान्यानो कपडाहरु संस्थासँग एक हजारभन्दा बढी थान कपडा अझैं संस्थासँग सुरक्षित रहेको र सोही कपडाहरुलाई संस्थाले आगामीदिनमावितवरण गर्ने योजना संस्थाले बनाएको छ ।
फरक ढंगबाट सामाजिकगर्दै आएको यस संस्थाल बाढी पीडितहरुको बस्तिमापुगेर हातहातैमा राहत सामाग्रीवितवरण गरेर फर्किएको थियो । सो समयमाविभिन्नसामाजिक संस्थाहरुले राहत सामाग्री लगेर प्रमुखजिल्लाअधिकारीको हातमा छोड्दै राजधानीफर्कदै गरेकाथिए ।
तत्कालीन परिस्थितिमामहोत्तरीको प्रिपामा रहेका झण्डै २ सय वढी वाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीनलाखभन्दा बढीको राहत सामाग्रीवितरणका साथै म्याटे«स,ब्लाङ्कटे, झुल,लामखुट्टे धपाउने धुप, सेनेटरी प्याड, मेडिकल किड्समाजीवनजल, प्यारासिटामोल, व्यान्डेज,पियुष,वेड सिट लगायतकालता कपडाहरु समेत वितरण गरेको अध्यक्ष शेर्पाले बताए ।
यस संस्थाले केही समय अघिहिमालीदुर्गम जिल्ला सोलुखुम्बुको खिरौले, चेपे,जुके, चिनाक्पु, दूधकुण्ड र सल्यानकाप्राथामिकविद्यालयहरुमा पुस्तकालयनिर्माण गरी झण्डै चार लाखभन्दामाथिको पुस्तकवितवरण गरिसकेको र विशेष गरी यस संस्थाले शिक्षाको क्षेत्रमाकामगर्दै आएको फिलर्स नेपालले हप्तादिन पछाडि नै वातावरणीय सुरक्षा सम्बन्धीकार्यक्रम समेत आयोजनागर्ने अध्यक्ष शेपाले बताए ।

सोमवार, मंसिर १८, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री