खुर्सानी खानुका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७४, आईतवार १६:२७

खुर्सानी भनेपछि धेरैको जिब्रो रसाउँछ । खुर्सानी खाँदाको पिरोले जिब्रोको स्वाद फरक सिसिमको हुन्छ ।  आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् ।  खुर्सानी धेरै थरीका हुन्छन् । नेपालमा पाईने मूख्यतया जिरे, डल्ले, अकबरे,आदि किसिमका खुर्सानी पाइन्छन् । कतिपय खुर्सानीस् अत्याधिक पिरो खालका हुन्छन् भने कतिपय कम । सानो भएपनि जिरे खुर्सानी, अकबरे खुर्सानी बढि पिरा मान्छिन् , अकबरे खुर्सानी स्वास्थ्यका लागि अझ बढि महत्वपूर्ण मानिन्छ र यो तुलनात्मक रूपमा केही महंगो पनि हुन्छ ।
के तपाईलाई थाहा छ,हरियो खुर्सानी खानुका फाइदाहरू ?  मानव शरिरलाई खुर्सानीले निम्न कुराको सहयोग पुर्याउँछ ।

१. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
२. यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
४. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
५. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
६.हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
७. यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।
८. महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।
९.यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
१०. त्यस्तै अन्य फईदाहरुमा रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउछ ।

रातो र धुलो खुर्सानीए भने स्वास्थ्यका लागि हानि गर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१