आइफोन टेन शुक्रबारदेखि नेपाली बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७४, शनिबार ०६:३९

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन एक्स शुक्रबारदेखि नेपाली बजारमा ल्याउने भएको छ। डिसेम्बर १ अर्थात शुक्रबार फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ। भोलिदेखि नेपाली बजारमा आउने भए पनि प्रिबुकिङ भने यसअघिबाटै खुल्ला भइसकेको छ।

आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ। सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ।

आइफोन टेन ६४ जिबी भेरियन्टको मूल्य १ लाख ३८ हजार तथा २५६ जिबी भेरियन्टको १ लाख ५९ हजार निर्धारण गरिएको छ।

सक्कली भ्याट बिल लिएर मात्रै फोन किन्न कम्पनीले आग्रह गरेको छ। एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टी रहने गर्दछ।

यसभन्दा पहिलाको सिरिजको एलसीडी स्क्रिन टेनमा हटेको छ।   फेसियल रिकोग्निसनबाट स्क्रिन लाइट अफ गर्न सकिने मुख्य विशेषता रहेको उक्त सिरिजको आइफोनमा होम बटनसमेत हटेको छ।

५. ८ इञ्चको ओएलइडी डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिइएको छ। पोट्रेट फोटोको विकल्प यसमा सेल्फी खिच्दासमेत पाइन्छ।

आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वर्ल्ड आइस्टोर राइजिङ मल, क्विालिटी कम्प्यूटर बिर्तामोड, कम्प्यूटर सेल्स सेन्टर बुटवल, आरपीएल ग्रुप बिर्तामोड, न्यू एटुजेट मोवाइल हाउस नारायणगढ बाट मात्र आइफोन टेन खरिद गर्न सकिने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१