चितवन– एक वर्षमा १७ जना एचअाइभी संक्रमितकाे मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७४, शुक्रबार ०९:५३

गएको एक वर्षमा चितवनमा एचआइभी (एड्स) संक्रमित १७ जनाको मृत्यु भएको छ । समुदायमा आधारित एचआइभी परीक्षण कार्यक्रम अन्तर्गत भरतपुर अस्पतालबाट उपचार सेवा लिइरहेका मध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र ६ महिला गरि १७ जनाको मृत्यु भएको भरतपुर अस्पतालका एआरटी सेन्टरका कन्सल्टेन्ट डा.उन्नत श्रेष्ठले जानकारी दिए।

भरतपुरमा सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्ममा कुल १५ हजार ४ सय ५० जनाले एचआइभी परीक्षण गराएको भरतपुर अस्पतालका एआरटी सेन्टरका कन्सलटेन्ट डा.उन्नत श्रेष्ठले जानकारी दिए। जसमध्ये ८३ जनामा एचआईभी संक्रमण देखिएको अस्पतालले जनाएकाे छ।

एचआईभीको शंका लाग्ने वित्तिकै अस्पताल आउनेको संख्या बढेको छ उनले भने यसले संक्रमितहरु पनि खुलेर आउन थालेको संकेत गर्दछ।

भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरमा पछिल्लो एक वर्षमै १४ हजार ३ सय जनाले खुलेरै एचआईभी परीक्षण गराएका छन् । यस्तै समुदायमा आधारित एचआइभी परीक्षण गराउने संख्या पनि एक हजार एक सय ५० जना रहेका छन् । यो तथ्यांकले पनि एचआईभी प्रति नेपालीहरु सचेत बनेको देखाउँछ।

अहिले भरतपुर अस्पतालमा एआरभी औषधि सेवन गर्ने संक्रमितहरु ७ सय ६४ जना रहेका छन् । जसमा ३३६ पुरुष, ३६३ महिला र ६५ बालबालिका रहेका छन् । १३५ जलभना नयाँ बिरामीले औषधि सुरु गरेका छन् भने ८ जना औषधि खानको लागि तयारी अवस्थामा छन् ।

यसवीच चितवनमा ३० औं विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइँदैछ ।  चितवनमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै दिवस मनाउन थालिएको हो ।

भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । दिवसको अवसरमा विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता लगायतका जनचेतनामूलक कार्यक्रम गर्न लागिएको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए।

‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु राखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०