घाँटी दुख्छ ? यसरी बचाउनुहोस् जाडोवाट घाँटीलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७४, बिहीबार ०७:०४

के तपाईंको घाँटीमा सधै खराब रहन्छ ? यो मौसम परिवर्तनको असर हो भनेर वा खान पानमा आएको परिवर्तनको असर भनेर नबस्नुहोस् । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् ।

मौसमको बदला संगै गलामा हल्का खसखस हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन ।

त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ । घाटीमा आउने खश खस घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन । हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन ।

जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । या यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ । अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस हराएर जान्छ ।

धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो । सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् । समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।

कारणहरू :

१. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ ।

२. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि

३. ट्यूमरः घाँटी र गलाको क्यान्सर

४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ ।

चिकित्सक लाई कहिले भेट्ने ?

१०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा ।
एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा ।
सम्बन्धित् समाचार महिनावारी भएका बेला सेक्स गर्न हुन्छ ?
घरेलु उपचार :

घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ:

मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ ।
पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने ।
सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने ।
एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने ।
वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने।
पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन ।
उपचार का विकल्पहरू :

घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको कारण पत्ता लगाउन सकिन्छ ।

घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ ।
स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ ।
स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ ।
नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ ।
बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।

घाँटी खसखस गर्छ ? बेलैमा ख्याल गरौं
घाँटी खसखस भनेको के हो ?
घाँटीमा केहि बिझे जस्तो, चिलाए जस्तो हुने र त्यसैको कारणले खोकी आउने गर्दछ । घाँटीको भित्री भागमा पातलो झिल्ली (mucose membrane) हुन्छ । जसमा स साना नशा पनि जोडिएको हुन्छ । Mucosal glad ले mucose को तरल पदार्थ निकाल्ने गर्दछ जसले घाँटीको भित्री सतहलाई बचाउन कवचको रुपमा कार्य गर्दछ, भने खाना र हावालाई भित्र पुर्याउन सहज भूमिका निर्बाह गर्दछ । mucose को तरल पदार्थ पर्याप्त उत्पादन हुन सकेन भने घाँटी चिलाउने वा खसखस गर्ने गर्दछ ।
घाँटी खसखस गर्नुका कारणहरु :
१ सुक्खा घाँटी
२ धुषित वातावरण (धुलो धुवाँ)
३ धुमपान र मद्यपान
४ बढी मसला र पिरो खानेकुरा प्रयोग
५ संक्रमण (भाईरल संक्रमण, ब्याक्टेरिअल संक्रमण, फुङ्गल संक्रमण)
६ मुटु तथा छातीको रोग (दीर्घ रोगहरु )
७ खानेकुरामा allergy
८ पेटबाट अमिलो पानी आउनु (ग्यास्टिक)
९ घाँटीसँगै अरु अंगमा tumors हुनु
१० अरु शारीरिक कारण नदेखिए मानसिक कारण पनि हुन सक्छ
यीमध्ये हाल घाँटी खसखस गर्नुको प्रमुख कारणमा काठमाडौँमा भैरहेको सडक निर्माणको कारणले देखिएको धुलो धुवाँ, र हाल देखिंदै गएको भाइरल संक्रमण मुख्य हुन् । सीओपीडी, दम तथा मुटुको रोगीलाई धुवाँधुलोको कारणले अरु स्वस्थ जटिलता ल्याउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१