बिहेपछि किन मोटाउँछन् महिला ? ७ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७४, बुधबार ०५:०६

हामीले देखेकै छौं, भोगेकै छौं, बिवाहपछि अक्सर महिलाहरु मोटाउँछन् । केही न केही शारीरिक परिवर्तन हुन्छ । जबकी बिवाहअघिको अवस्था त्यस्तो हुँदैन । त्यसअघि उनीहरु आफ्नो फिगरमा बढी नै सर्तक हुन्छन् । संभव भएसम्म आफ्नो फिगर मेन्टेन गर्छन् । आफुलाई आकर्षक र छरितो बनाउने प्रयासमा रहन्छन् ।

तर, विहेपछि उनीहरु बद्लिन्छन् । उनीहरुको शरीर मोटाउन थाल्छ । किन ?

१. पारिवारिक जीवनको प्रभाव

हाम्रो जस्तो सामाजिक परिवेशमा बिवाहपछि अधिकांश महिला पतिको घर(परिवारमा एडजस्ट हुनुपर्ने हुन्छ । उनीहरु नितान्त भिन्न परिवार र परिवेशमा पुग्छन् । यससँगै उनीहरुको दायित्व पनि फेरिन्छ । बिवाहअघि आफ्नो मात्र ख्याल गरिरहेका महिलाहरुले आफ्ना श्रीमान्, सासु ससुरा लगायत परिवारका अन्य सदस्यको पनि ख्याल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफुलाई फिट एन्ड फाइन राखिराख्न अलि गाह्रै हुन्छ ।

पारिवारिक दायित्व निर्वाह गर्ने क्रममा महिलाहरुले आफ्नो शारीरिक बनौट र सौन्दर्यमा ख्याल गर्न पाउँदैनन् वा फुर्सद मिल्दैन । यहि कारण उनीहरुको शरीर भद्दा हुँदै जान्छ ।

२. खानपानमा परिवर्तन

बिवाअघि आफ्नो मर्जी अनुसार खाना तयार गर्ने, पकाउने वा खाने गर्न सकिन्छ । तर, बिवाहपछि परिवारको सदस्यको अवस्था र रुची अनुसार खाना तयार गर्नुपर्ने हुन्छ । साथै त्यस्तै खानपानमा आफुलाई अभ्यस्त बनाउनुपर्ने हुन्छ । खानाको स्वाद मात्र होइन, तालिका पनि परिवर्तन हुन्छ । यसले गर्दा उनीहरु खानपानमा सन्तुलन मिलाउन सक्दैनन् । निश्चित समयमा खाना खाने भएकाले भरपेट खाने गर्छन् । यसले उनीहरुको मोटाइ बढ्छ ।

३. घरधन्दाको काममै अलमल

अक्सर बिवाहअघि घुमफिर गर्ने, साथीहरुसँग दिन विताउने, जागिर खाने, पढ्न जाने जस्ता गतिविधि गरिरहेका हुन्छन् । बिवाहपछि घरधन्दामै अलमलिनु पर्ने बाध्यता हुनसक्छ । धेरैजसो महिलालाई बिवाहपछि जागिर खाने, पढ्ने अनुकुलता मिल्दैन । उनीहरु धेरैजसो समय घरमै विताउन थाल्छन् । घरमा बसेको बेला एक्लै हुने र केहि न केहि खान तलतल लागिरहने हुन्छ । त्यसैले उनीहरुको मुख खाली हुँदैन, केहि न केहि चपाइरहकै हुन्छन् ।

अन्य दिनको तुलनामा धेरै स्न्याक्स वा चिया सेवन गरिरहेका हुन्छन् । एक्लै भएको बेला सुत्ने पनि गर्छन् । वा टेलिभिजन हेर्छन् । टेलिभिजन हेरेको बेला केहि न केहि खाइरहेकै हुन्छन् । त्यस अनुपातमा शारीरिक गतिविधि कम हुन्छ । यसले पनि उनीहरुको मोटोपन बढ्छ ।

४. गर्भावस्था र स्वास्थ्यको ख्याल

बिवाह गरेपछि बच्चा जन्माउने कुरा सामान्य हुन् । धेरैजसोले बिवाह लगत्तै सन्तानको इच्छा गर्छन् । कतिले चाहेर वा कतिले नचाहेरै गर्भवती हुन्छन् । जब गर्भवती हुन्छन्, तब आफ्नो शरीरको भन्दा गर्भको बच्चाको बढी ख्याल गर्नुपर्ने हुन्छ । गर्भको बच्चाका लागि पोषिलो खानेकुरा खाइरहनुपर्ने हुन्छ । जुस, फलफूल, मासु जस्ता मिठामसिना खानेकुरा अधिक खानुपर्ने हुन्छ । यस्तो बेला खानपानमा नियन्त्रण गर्ने वा शारीरिक व्यायाम गर्ने कुरा सहज हुँदैन । फलत महिलाहरु मोटाउँछन् । धेरै जसो महिलाहरु गर्भावस्थाबाटै मोटाउने गर्छन् ।

५. मनोबैज्ञानिक प्रभाव

बिवाहअघिको समयमा युवतीहरु शारीरिक सौन्दर्यमा बढी ख्याल गर्छन् । यतिबेला विपरित लिंगप्रतिको आकर्षणले पनि उनीहरुलाई आफु राम्रो बन्नुपर्ने अवस्थामा पुर्‍याउँछ । आफ्नो शरीर सुन्दर वा राम्रो बनाउनु भनेको अरुलाई आकषिर्त गर्नु हो । बिवाहपछि यो मनोविज्ञान फेरिन्छ । श्रीमान्को सामिप्यता पाइसकेपछि आफुलाई राम्री देखाइरहनुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुन्छन् । घर गृहस्थीमा फस्दै गएपछि बाहिरी आकर्षणले खास महत्व पनि राख्दैन ।

६. नयाँ परिकारको उपभोग

अवविवाहित श्रीमतीले आफ्नो श्रीमान र उनको परिवारलाई खुशी पार्न घरमा नयाँ नयाँ र मिठा मिठा परिकारहरु बनाउँछिन् । र, ती परिकारहरु आफूले पनि खान्छिन् । यस्ता परिकारमा क्यालोरी अत्यधिक हुन्छ । यसले उनको वजन बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।

७. यौन

विवाहित जीवनमा प्रवेश गरेपछि महिलाहरुमा भावनात्मक तथा हार्मोनल परिवर्तन पनि आउँछन् । सेक्सका दौरान शारीरिक परिवर्तन पनि शरीरमा हुन थाल्छ । सम्वन्धलाई कसिलो बनाउन सेक्सुअल लाइफमा सक्रिय हुनाले पनि वजन बढ्न सक्छ । सेक्सपछि भोक जाग्छ र खान धेरै रुच्छ । त्यसैले वजन त बढ्ने नै भयो ।

यसका अलावा कतिपय महिलाहरुले आफूलाई सुरक्षित राख्न गर्भनिरोधक चक्कीहरुको पनि सेवन गर्न थाल्छन् । यसले पनि मोटोपना बढाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१