प्याराग्लाइडिङ बन्यो पर्यटनको मुख्य आधार (फोटो फिचर सहित )

काठमाडौं । साहसिक पर्यटनको रूपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लोसमय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ । पर्यटकको आवश्यकता र व्यावसायिक सम्भावनालाई मध्यनजर गरी प्याराग्लाइडिङलाई नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आबस्यक  छ ।

मुलुकमा अहिले झन्डै छ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटको आवश्यकता छ । तर, हाल इजाजत प्राप्त  लगभग  २  सय १० जना मात्रै छन् । ती पनि अधिकांश विदेशी हुन् ।

प्याराग्लाइडिङको व्यावसायिक सम्भावना रहे पनि दक्ष जनशक्ति (पाइलट)  र गन्तब्यसम्म पुग्ने पूर्वाधार विकास नहुँदा व्यावसायिक फड्को मार्न नसकेको प्याराग्लाइडिङ ब्यबसायीहरु  बताउँछन् । काठमाडौँ उपत्यकानजिक सिन्धुपाल्चोकको भोटेचौर र ललितपुरको गोदावरीमा केहीवर्षदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै आएको छ । अत्यधिक सम्भावना रहेको गोदावरीलाई पोखराको जस्तै व्यावसायिक उडान गर्ने योजना अघि बढाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा इजाजत प्राप्त करिब ६५ प्यराग्लाइडिङ कम्पनी छन् तीमध्ये ४० को हाराहारीमा सञ्चालित र अरू सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ ९बन्दीपुर० र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य हब कास्कीको पोखरा हो ।

१ हजार ५ सय २ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धवलागिरी, अन्नपूर्ण, मनास्लु, मनासलु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहँँुको बन्दीपर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँसहर र तालतलैयाको अनुपम संगमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो ।

प्याराग्लाइडिङ जस्तै साहसिक अल्ट्रालाइट भने पोखरामा मात्रै सञ्चालित छ । सर्वोच्च शिखर सगरमाथामा स्काइ ड्राइभ पनि गरिन्छ । व्यावसायिक सम्भावना र बजार बढे पनि अहिले यो व्यवसायबाट कति आम्दानी हुन्छ र राज्यलाई कति हिस्सा जान्छ, भन्ने कुनै विवरण छैन । विदेशी पर्यटकले प्राकृतिक दृश्यावलोकनको आनन्दसँगै मनोरञ्जन लिन प्याराग्लाइडिङ रोज्ने गरेका छन् ।

नेपालको पोखरा क्षेत्र साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्टस्थलका रूपमा विकास हुनुले यसलाई ऊर्जा थपेको बताइन्छ । विश्वस्तरीय प्याराग्लाइडिङ च्याम्पियनसिपसमेत हुँदै आएको पोखरा यही माध्यमबाट साहसिक खेलकुदको गन्तव्यका रूपमा समेत चिनिएको छ । युरोप, एसिया र उत्तर अमेरिकामा प्याराग्लाइडिङ चलेको छ । मोजाम्बिक, फ्रान्स, टर्की, न्युजिल्यान्ड, इटाली, स्विडेन, दक्षिण कोरिया, स्लोभानिया प्याराग्लाइडिङका लागि प्रख्यात मानिन्छन् ।

प्रथम विश्व युद्धमा पहिलोपटक जल सेनाले प्यारासुटको प्रयोग गरेको बताइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमिक रूपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले प्याराग्लाइडिङको रूपमा विकास गरे । प्याराग्लाइडिङ चरा (चील) को खुटा र पखेटाले च्यापेर पछाडिको हावालाई दबाब दिएर जिउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ ।

बुधबार, मंसिर १३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री