बग्गी चढेर पोखरा घुम्ने रहर छ ? पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यसहित बग्गी सञ्चालनमा (हेर्नुस तस्बिर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७४, मंगलवार ०७:००

पोखरा । के तपाईं बग्गी चढ्न सौखिन हुनुहुन्छ ?  कि बग्गी चढेर पोखरा घुम्न मन लागेको छ ?  यदि तपाईंलाई बग्गी चढेर पोखरा घुम्ने मन छ भने अब तपाइहरूको रहर पूरा भएको छ ।

बग्गी एण्ड हर्स राईडिङ प्रालिले पोखरामा पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यसहित पोखरामा बग्गी ब्यबसायीक रुपमा सञ्चालनमा ल्याएका हो ।

यसका सञ्चालक हुन्  शान्त शर्मा । यो ब्यबसायसँगै बग्गी चढ्ने रहर पूरा गर्न चितवन, जनकपुर वा भारत पुग्नुपर्ने बाध्यता हट्नेछ ।

फरक किसिमको नवप्रवर्तन ब्यबसाय गर्न रुची राख्ने शर्माले भारतबाट अनुभवी घोडा ल्याएर बग्गी ब्यबसाय सुरु गरेका हुन् ।

यसअघि अघिल्लो वर्षदेखी काठमाडौंको बाँसबारीमा बग्गी ब्यबसाय नै सञ्चालन गर्दै आएका उनले पोखराको लेकसाइडमा ब्यबसाय बिस्तार गरेका हुन् ।

बग्गी सञ्चालनमा करीब १५ लाख लगानी भएको उनले बताए । एउटा घोडाको ३ लाख आइसी अर्थात ४ लाख ८० हजारका दरले ३ वटा घोडा किनेका उनले नेपाली ३२ हजार मासिक तिरेर एक जना बग्गी चालक पनि ल्याएका छन् ।

बग्गीका लागि अन्य ३ जना सहयोगी पनि राखेको उनले बताए । उकालोमा बग्गी ठेल्नदेखी लिएर घोडाको स्याहारसुसारका लागि ३ जना सहयोगी राखेको उनको भनाइ छ । उनीहरु सबैलाई तलबसहित खान बस्नको सुविधा दिइएको उनले बताए । त्यस्तै स्टाफलाई आम्दानीको १० प्रतिशत इन्सेन्टिभ पनि दिइने उनले बताए ।

पोखरामा बग्गी ब्यबसाय कस्तो हुन्छ भनेर परिक्षणका रुपमा पहिलो चरणमा ३ वटा घोडा ल्याएर एउटा बग्गी सञ्चालनमा ल्याएका छन् ।

बग्गी सयरसँगै विवाहरव्रतवन्ध एवम् अन्य शुभकार्यका लागिसमेत माग भएको खण्डमा सेवा दिन सकिने सञ्चालक शर्माको भनाई छ । शर्माका अनुसार आइतबारदेखी सञ्चालनमा आएको बग्गी सयर विवाहका लागि धमाधम बुकिङ भइरहेको छ ।

बग्गी एक दिन रिजर्भ गर्दा ६०  हजार लाग्ने शर्माले बताए । २ जना अभिभावक र २ जना साना बाबुनानी मात्र बस्न मिल्ने उक्त बग्गी क्षेणिक समयका लागि भने प्रति व्यक्ति पाच  हजार शुल्क तोकिएको छ । सो शुल्कमा करीब १ घण्टामा कुनै नजिकको ठाउँमा पुगेर फर्किनमात्र पाइन्छ ।

नेपाल विजनेस एण्ड ईमिग्रेसन फेसिलिटेड प्रा।ली।को नामबाट विगत १७ वर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्मा बग्गी ब्यबसायमा प्रवेश गरेका हुन् । नेपालमा बग्गी ब्यबसायको राम्रो सम्भावना रहेको बताउने शर्मा चाँडै बुटवलमा पनि बग्गी ब्यबसाय सञ्चालन गर्ने योजनामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१