अस्पतालमा बोर भएपछि रमाइलो गर्न नर्सले गरे १०६ जनाको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७४, मंगलवार ०५:५०

एजेन्सी। डाक्टर र नर्सको काम बिरामीको ज्यान बचाउनु हो । तर यदि यिनीहरुलाई नै अरुको ज्यान लिँदा मजा लाग्न थाल्यो भने के होला ? यस्तै एउटा घटना जर्मनीमा भएको छ । यहाँ एक नर्सले १ सयभन्दा बढी बिरामीको ज्यान लिएका छन् ।

जर्मनीका नर्स निएल्स होगेलमाथि १०६ जनाको हत्या गरेको आरोप लगाइएको छ । प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले ५० जनालाई मारेपछि आफूले गन्न छाडेको बताएका थिए । यी नर्सलाई यसअघि नै २ बिरामीको हत्याको आरोपमा सजाय जन्मकैदको सुनाइसकिएको छ । तर अहिले भएको खुलासाअनुसार उनले १ सय भन्दा धेरै बिरामीको ज्यान लिइसकेका छन् ।

निएल्समाथि बिरामीलाई लिथल नामको औषधीको ओभरडोज दिएर मारेको आरोप लगाइएको छ । तर यस्तो गर्नुको पछाडि कारण के होला ? कारण निकै आश्चर्यलाग्दो छ । अस्पतालमा काम गर्दागर्दै निएल्स बोर हुन्थे । बोर भएपछि रमाइलो गर्नका लागि उनले बिरामीलाई तड्पाइ तड्पाइ मार्थे । निएल्सले आफ्नो करिअरमा २ अस्पतालमा काम गरे । तीमध्इे पहिलो अस्पतालमा उनले ३८ जना र अर्को अस्पतालमा ६२ जनाको हत्या गरेका थिए । निएल्स आफैं मानसिक रागी थिए । जाँचको रिपोर्टमा उनी डिप्रेसन र एङ्जाइटीबाट ग्रसित भएको पाइएको छ । अस्पतालमा पनि उनलाई ड्रग्स सेवन गरेर काम गर्ने बानी लागेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१