पोखराको ‘स्वच्छ, सुन्दर र पारिवारिक वातावरणमा गोल्डेन गेट होटल (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७४, मंगलवार ०५:२२

पोखरा । महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पन्ध्र  सयमै रुम त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित  सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यथार्थ हो ।

गोल्डेन गेट होटल जहाँ एसी ,अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टीभी लगायतका सुविधा भएको  होटलका सञ्चालक राजेन्द्र प्रसाद त्रिपाठीले राष्ट्रियखबरलाई बताए ।

सञ्चालित होटलमा सुविधासम्पन्न ४१  ओटा कोठा रहेका छन् । होटलमा सानो र ठूलो गरी दुईओटा कन्फ्रेन्स हलसमेत रहेका छन् । सानो कन्फ्रेन्स हलमा २०/२५  जना र ठूलो हलमा १५० /२००  सय जना अट्ने क्षमता रहेको त्रिपाठीले बताए । यो होटल विशेषगरी आन्तरिक पर्यटक र सरकारी तथा गैरसरकारी सङ्घसंस्था लक्षित गरी सञ्चालनमा ल्याइएको हो । ‘स्वच्छ, सुन्दर र पारिवारिक वातावरणमा होटल सञ्चालन गरेका छौं’  ।

पोखरा भन्नेवित्तिकै धेरै मानिसहरु महंगो शहरका रुपमा बुझ्छन् । त्यसमाथि लेकसाइड भनेपछि धेरैले आफ्नो पहुँच बाहिर सम्झन्छन् । लेकसाइडमा महंगामात्र होटलहरु मात्रै रहेको भ्रममा धेरै नेपाली लेकसाइड बस्ने आफ्नो चाहनाविपरीत पृथ्वीचोक, न्यूरोड, सृजनाचोक, महेन्द्र पुलतिर बसेको भेटिन्छ । लेकसाइड नेपालको यस्तो ठाउँ हो, जहाँ पुग्दा पश्चिमी रंगीन दुनियाँको झझल्को मिल्छ ।

‘लेकसाइड बस्ने रहर भएका तर धेरै पैसा खर्च गर्न नसक्ने ग्राहकरुलाई समेत सेवा दिइरहेका छौं’ त्रिपाठीले भने( ‘सस्तो मूल्यमा रुमहरु बिक्री गरे पनि हामीले सेवा सुविधाको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।’ होटलको सफा सुग्घरमा पनि कुनै गडबडी हुन नदिने उनको भनाई छ ।

लेकसाइडको मुख्यरोडभित्र खुलेका दर्जनौं होटलले पाँच सयदेखि हजार रुपैयाँसम्म रुमहरु बिक्री गर्छन् । कतिपयले होम स्टे सरहका होटलहरु समेत सञ्चालन गरिरहेका छन् । जसले कम खर्चमै लेकसाइडमा बसेर रमाइलो गर्ने नेपालीको चाहना पूरा गर्दै आएका छन् ।

हाम्रो  होटलमा अफसिजनमा समेत ५० प्रतिशत भन्दा बढी रुम भरिने त्रिपाठी बताउनुहुन्छ  । पोखरालाई पर्यटकीय नगरी भने पनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्द्रित भएको देखिन्छ । लेकसाइड बाहिर बसेर पर्यटकले पोखरा भ्रमण गरेको अनुभव प्राप्त गर्न सक्दैनन् । त्यसकारण सकेसम्म लेकसाइडमा बसेर रमाइलो गर्न चाहाने बढी हुने गरेको पर्यटन व्यावसायी बताउँछन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१