क्रिकेटमा नेपालको पहिलो जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७४, शनिबार ०८:२८

थाइल्यान्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा सीमित रह्यो । यस जितसँगै चार खेल खेलेको नेपालको चार अंक नै छ । नेपालले थाइल्यान्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई)सँग पराजित भएको थियो ।
नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । ४२ बल खेलेकी उनले तीन चौकाको मद्धतमा ३७ रन जोडेकी हुन् । त्यस्तै ज्योति पाण्डेले २१ तथा काजोल श्रेष्ठले १८ रन जोडे । मलेसियाकी जनादिह हालिम र नुर अरियना नत्स्याले समान दुई/दुई विकेट लिइन् । त्यस्तै यता मलेसियाका लागि भने एमएली एलिएनीले २४, कप्तान डब्लु ए दुरासिंगमले ११ तथा जायनी स्यामिमीले १६ रन जोडे ।मलेसियालाई ७५ रनमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारी एक्लैले तीन विकेट लिइन् भने सोनु खड्का, सीता रानामगर, रीतु कनौजिया र नेरी थापाले समान एक÷एक विकेट लिए । यही मंसिर १० गते नेपालले चीनसँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०