नर्सलाई टिप्स : जटिल बिरामीसँग डिल गर्दा जान्नु पर्ने कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७४, शनिबार ०८:२२

नर्सिङ करिअरका क्रममा हामीले धेरै बिरामीसँग डिल गर्नुपर्ने हुन्छ। बिरामीका बारेमा जतिसुकै हामीले बुझे वा बुझ्ने प्रयत्न गरे पनि ड्युटीको क्रममा कतिपय बिरामीको कारण नर्सलाई असह्य हुन्छ । तर जस्ता सुकै चुनौती भए पनि हाम्रो व्याबसायिक धर्मलाई बिर्सनु हुन्न । हामी जहिले पनि एउटा सम्मानित र व्याबसायिक स्वास्थ्य कार्यकर्ताको रुपमा रहनुपर्छ । बिरामीलाई थर्काउन वा आक्रोश पोख्न हामीलाई कुनै पनि अनुमति छैन् ।

 

बिरामीसँग डिल गर्ने केही टिप्सः

राम्रो प्रभाव पार्ने :

प्रशन्न हुनुहोस । आफूलाई परिचय दिनुहोस। हात मिलाउन हात लम्काउनुहोस । बिरामीका आँखामा ३ देखि ५ सेकेन्ड हेर्नुहोस । आँखा आँखाबिचको सम्पर्क निकै महत्वपूर्ण हुन्छ । किनकी यसले इमान्दारीता र खुलापनलाई व्यक्त गर्छ । तपाईले आफ्नो आवाज भन्दा पनि इशाराले बिरामीलाई डिल गर्नुहोस । जस्तो सुकै तनाबपूर्ण अवस्थामा पनि आफूलाई सम्हाल्नुहोस । तर विरामीसँग निकै निकट पनि नरहनुहोस । किनकी यस्तो व्याबहारले तपाईले अप्रत्यक्ष रुपमा हस्तक्षेप गरेको अर्थ लाग्न सक्छ ।

 

व्यक्तिगत आवेग नियन्त्रण

तपाईको आवेगले आफ्नो कामलाई नियन्त्रण गर्ने होइन । आफ्नो आवेग बारेमा सचेत हुनुहोस । प्रतिकृया जनाइ नहाल्नुहोस । बरु सक्रीय र आफ्नो दायित्व बुझ्नुहोस । काम गर्दा गहिरो स्वाश लिनुहोस । बिरामीसँग बिस्तारै र शान्तपूर्वक बोल्नुहोस । आफ्नो आवज सक्दो सानो प्रयास गर्नुहोस । आफ्नो बडी ल्यङगयुजबारे सोच्नुहोस । जहिले पनि आशाबादी, शान्त र रचनात्मक हुनहोस ।

 

रिसाहा बिरामीसँग सिमा :

सिमामा रहनुहोस । आफूलाई मन नपर्ने बिरामीको स्वभावलाई स्पष्ट रुपमा व्याख्या गर्नुहोस र आदर माग गर्नुहोस । तपाई कसैको दासी होइन । बरु एउटा व्याबसायिक स्वास्थ्य कार्यकर्ता हो । कतिपय बिरामी यस्ता हुन्छन जसले अरुसँग गर्नुपर्ने सामान्य व्याबाहर र आदर देखाउन सक्दैनन् । उनीहरुबारे विशेष सचेत हुनुहोस ।

 

ध्यान दिएर सञ्चार गर्नुहोस :

मिस अन्डस्ट्यान्डिङले कहिलेकाही द्धन्द्ध र जटिलता ल्याउछ । सहानूभति तरिकाले बिरामीका कुरा सुन्नुहोस । बिरामीका एजेन्डा खोजी गर्नुहोस । बिरामीले भनेका कुरा राम्रोसँग सुनेर उनीहरुका भावना बुझ्ने कोशिश गर्नुहोस । तपाईले बिरामीलाई ‘तपाई हरेश खानुहुदैछ,’ वा ‘तपाईले यस्तो सोच्दै हुनुहुन्छ’ भन्नु हुदैन । सम्भावित समाधानको खोजी गर्नुहोस ।

 

बिरामीको आवेगलाई नियन्त्रण गर्न सहयोग गर्नुहोस :

बिरामीसँग अनाबश्यक र्तक नगर्नुहोस । अधिकांश बिरामीले आफ्नो कुरा सुनुन भन्ने चाहन्छन् । तर्सथ यस विषयमा पनि ख्याल गर्नुहोस । बिरामी र उसको रोग निको पार्न म अस्पताल आएको भन्ने कुरा मनन गर्न नर्बिसनुहोस ।

 

कोठा छोड्नुहोस :

यदि तपाई जटिल बिरामीहरुसँग व्याबहार गर्दै हुनुहुन्छ र आफ्नो सुरक्षा खतरा देख्नुहुन्छ भने सेबा गरिरहेको कोठा छोडिदिनुहोस । यस्तो अवस्थामा सहकर्मी, सुरक्षाकर्मी वा अस्पतालबाट सहयोग लिनुहोस । तर आफूले सुरक्षा पाए भन्दैमा बिरामीलाई नधम्क्याउनुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०