शारीरिक अपाङ्गता भयका ब्यक्तिहरुलाई एकनाथ ढकालको साथ 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार १९:२९

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले शारीरिक अपाङ्गता भयका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि तालिम र अवसर प्रदान गर्नु पर्ने बताउनु भयको छ । बिहिबार इप्सा नेपाल नामक सस्थामा आबद्ध शारीरिक अपाङ्गता भयका व्यक्तिहरुलाई भेट्दै उक्त कुरा बताउनु भयको हो । एक दशक अघि गोरखाकी संगीता पन्तले अध्यक्ष ढकालकै सहयोगमा सुरुवात गरेकी इप्सा नेपालले अहिले ४० जना भन्दा बढी असहाय महिलाहरुलाई जिबिकोपार्जन गर्ने अवसर प्रदान गरेको छ । आफ्नो शुरुवातको समयमा ढकालले प्रदान गर्नु भयको सहयोगको स्मरण गर्दै सस्थाकी अध्यक्ष पन्तले अवसर पायमा नेपाली असहाय नारीहरुले पनि काम गरेर देखाउन सक्छन भन्ने प्रमाणित गरेको बताउनु भयो । नेता ढकालले सस्थाको क्षमता अभिबृद्धि गरेर थप असहाय महिलाहरुलाई रोजगारी दिलाउन आफुले पहल गर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१