छिटो छिटो खानाले शरीरमा हुनसक्छ यी गम्भीर समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:१९

हामीमध्ये धेरैको स्वभाव हुन्छ, छिटो छिटो गाँस टिप्ने । गाँस टिप्ने मात्र होइन, निल्ने पनि । खानेकुरा मुखमा परेपछि निलिहाल्छौं । त्यसलाई राम्ररी चपाइदैन ।

छिटो खानु वा राम्ररी नचपाइ खानु स्वास्थ्यका लागि राम्रो होइन । किन राम्रो होइन ?

किनभने यसरी खाँदा मुखमा पर्याप्त पाचन रस निस्कदैन । खानेकुरा टुक्रा(टुक्रा हुँदैन । यसले पाचन यन्त्रलाई बोझिलो बनाउँछ ।

एउटा नयाँ शोध अनुसार छिटो छिटो खाना खानाले मोटोपना बढ्नुका साथै खाएको खानालाई शक्तिमा परिणत गर्ने ९मेटाबोलिक० क्षमतामा र्‍हास आउने सम्भावना बढी रहन्छ ।
शरीरको मेटाबोलिक क्षमतामा र्‍हास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग लगायतका समस्या उतपन्न हुन गर्छ ।

बिस्तारै चपाएर किन खाने रु

जबकी विस्तारै विस्तारै आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ ।

विस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुदाँ शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ ।

यसको ठीक विपरित हतारहतार तथा छिटो छिटो खाना खाँदा शरीरको व्लड सुगरको लेभलमा अचानक तथा लगातार उतारचढाव हुन्छ, जसका कारण इन्सुलिन कम हुने सम्भावना बढेर जान्छ ।

धेरै खानबाट बचिन्छ

विस्तारै विस्तारै भोजन गर्नाले खानाको इच्छा कम भएर जान्छ । साधारणतया मस्तिष्कलाई पेट भरिएको जानकारी दिन कम्तीमा १५ देखि २० मिनेट लाग्ने गर्छ । त्यसैले विस्तारै भोजन गरेको खण्डमा तपाई अतिरिक्त खानाबाट बच्न सक्नु हुन्छ ।

खाना पच्छ

चपाएर खाएको खाना सजिलै पच्छ । जबकी खानालाई नपाइकन सिधै निलेमा त्यस्ता खानेकुरा पच्न समय लाग्छ । साथै खानामा पाइने भिटामिन, मिनरल्स , एमिनो एसिड लगायतका तत्वलाई शरीरले अवशोषित गर्न सक्दैन । यसको ठीक विपरित खानालाई चपाएर खानाले शरीरको मेटाबोलिक क्षमता बढ्ने गर्छ ।

तौल नियन्त्रित हुन्छ

खानेकुरा चपाएर खानाले तथा विस्तारै खानाले अतिरिक्त खानाबाट बच्न सकिन्छ । यसले शरीरमा अतिरिक्त फैट बढ्न दिदैन र तौल नियन्त्रित हुन्छ ।

एसिडिटी हुँदैन

यदी तपाई छिटोछिटो खाना खानुहुन्छ र खाएको खाना नचपाई खानु हुन्छ भने तपाईलाई छातीपोल्ने वा एसिडिटीको समस्या हुनसक्छ । किनकी नपाईकन खाना खानाले पाचनको समस्या उत्पन्न हुन्छ । जबकी त्यही खानेकुरा चपाएर विस्तारै खादा खाएको खाना सजिलै पच्छ र एसिडिटी हुन पाउँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१