रसुवागढी नाका चार दिन पूर्ण रुपमा सिल हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:१४

नुवाकोट । निर्वाचनमा सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चार दिन सिल गरिने भएको छ । चीनतर्फको रसुवोपोर्टमा नेपाल र चीनका सुरक्षा अधिकारीबीचको द्विपक्षीय बैठकले प्रदेश तह तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि रसुवागढी नाका चार दिन पूर्ण रुपमा सिल गर्ने निर्णय भएको छ ।
चीनको केरुङतर्फको सुरक्षा डेपुटी चिफसंगको द्विपक्षीय बैठकमा मंसिर १० गते आइतबारको निर्वाचनलाई लक्षीत गरी निर्वाचन सुरु हुनु भन्दा ७२ घण्टा अगाडि नाका सिल गर्नु पर्ने प्रावधान अनुसार बिहीबार राति १२ बजेदेखि रसुवागढी नाका गर्ने निर्णय भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
रसुवागढी नाका निर्वाचनलाई दृष्टिगत ग।प् यहि मंसिर ७ गते बिहीबार राति १२ बजेदेखि मंसिर १० गते आइतवार राति १२ बजेसम्म ७२ घण्टा सिल गरिने प्रजिअ न्यौपानेले बताए । निर्वाचनमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले चार दिनसम्म रसुवागढी नाकामा मालबाहक तथा खाली यातायातका साधन, पैदल यात्रुको आवागमन ठप्प हुने भएको छ ।
निर्वाचनको दिन प्रमुख जिल्ला अधिकारीबाट सवारी सञ्चालनको पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधनले आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवागढी नाका काठमाडौदेखि एकसय ५२ किलोमिटर दुरीमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१