रियलको जितसँगै क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा राखे रेकर्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:११

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको साबिक विजेता रियल म्याड्रिड नकआउट चरणमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न समूह एचमा स्पेनिस क्लब रियलले अपोल निकोसियामाथि ६–० को प्रभावशाली जित निकाल्दै अन्तिम १६ को स्थान सुरक्षित गरेको हो । रियलको जितसँगै क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा रेकर्ड बनाएका छन् ।

रोनाल्डोले तोडे मेसीको कीर्तिमान
रियलको जितमा रोनाल्डोले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने उनी पहिलो फुटबलर बनेका छन् । अपोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजनमा १८ गोल संख्या पु¥याउन सफल भए । यसअघि कीर्तिमान बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको नाममा रहेको थियो । मेसीले एकै सिजनमा १६ गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा समग्रमा १ सय १३ गोल पूरा गरेका छन् । मेसीले रोनाल्डोलाई पछ्याइरहेका छन् । च्यापिम्पयन्स लिगमा मेसीको नाममा ९७ गोल रहेको छ । मेसी रोनाल्डो भन्दा १६ गोलले पछि छन् । रियलका लागि करिम बेन्जमाले दुई गोल गरे । लुका मोड्रिच र नाचोले समान १ गोल गरेका थिए ।

टोटनह्याम समूह विजेता
समूह एचमा अप्रत्याशित रूपमा इंग्लिस क्लब टोटनह्याम विजेता हुँदै प्रि–क्वार्टरफाइनलमा पुगेको छ । टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–१ ले निराश पार्‍यो । इंग्लिस क्लबका लागि दोस्रो हाफमा ह्यारी केन र सन् हुङ मिनले एक–एक गोल गरे । खेलमा अग्रता भने डर्टमुन्डले लिएको थियो । डर्टमुन्डका अबामेयाङले खेलको ३१औँ मिनेटमा हेडिङ गोल गरेका हुन् । टोटनह्यामले ५ खेलबाट १३ अंक बटुल्दै समूह विजेता बनेको हो । उपविजेता रियलको १० अंक छ । पूर्वउपविजेता डर्टमुन्डले केवल दुई अंक मात्र जोड्यो ।

लिभरपुलले तीन गोल रक्षा गर्न सकेन
समूह इमा लिभरपुल ३ गोलको अग्रता रक्षा गर्न असफल भयो । स्पेनिस क्लब सेभिल्लाविरुद्ध लिभरपुलले पहिलो हाफमा लगातार तीन गोल गरी खेलमा पकड बनाएको थियो । मध्यान्तरपछि लिभरपुलको प्रदर्शन कमजोर हुँदा सेभिल्लाले तीनै गोल फर्काउँदै एक अंक खोस्यो । दोस्रो मिनेटमै रोबर्टो फिरमिनोले लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । खेलको २२औँ मिनेटमा मानेले २–० का लागि गोल गरे । फिरमिनोले ३० मिनेटमा लिभरपुललाई ३–० को लियो स्थितिमा पुर्‍याए । सेभिल्लाका लागि बेन यद्धरले ५१ मिनेटमा गोल गर्दै ३–१ को स्थितिमा ल्याए । खेलको ६०औँ मिनेटमा बेनको पेनाल्टी गोलको सहयोगमा सेमिल्ला ३–२ को अवस्थामा रह्यो । खेलको अन्तिम मिनेटमा पिजारोले ३–३ को बराबरीमा सेभिल्लालाई पुर्‍याए ।

बराबरीपछि लिभरपुल ५ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा र सेभिल्ला ८ अंकसाथ दोसो स्थानमा छन् । यसैगरी, म्यानचेस्टर सिटीले फेयनोर्डलाई १–० ले पराजित गर्‍यो । नेपोलीले सख्तर डोनेक्सलाई ३–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१