ओठ फुट्यो ? यसो गर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:०५

जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ ।

-ओठ फुट्ने समस्याबाट बच्नका लागि घिउ पनि प्रयोग गर्न सकिन्छ । थोरै घिउ लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ ।

-धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिँदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सीधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०