विवाहपछि खुसी रहन अपनाउनुहोस् यी तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:०३

धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन् । यसै पनि मंसिर लगनको महिना हो । मंसिर सुरु भएसँगै प्रत्येक दिन नवजोडीका फोटोले ‘फेसबुक वाल’ रंगिइरहेका छन् । उसो भए बिहेपछिको जीवन कसरी खुसी र मजबुत बनाउने त रु एक सामग्री स्

(जीवनभरि साथ दिने भन्दै विवाह गरिन्छ । त्यसैले विवाहपछिको जीवनलाई सुखद बनाउनका लागि एकले अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक हुन्छ । पति–पत्नीले एक–अर्कासँग बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ ।

(विवाहपछि विभिन्न समस्या आउन सक्छन् । र, ती समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प हुँदैन । त्यसैले एक–अर्कासँग सल्लाह गरेर समस्या समाधानको खोजी गर्न आवश्यक हुन्छ ।

(करिअर सफल हुनुलाई दाम्पत्य जीवन सफल भएको मानिदैन । त्यसैले, हरेक काम गर्दा पति–पत्नीबीच सौहार्दताको भाव विकास गर्दै एक–अर्कालाई सम्झाउने, सल्लाह गर्ने गर्नुपर्दछ ।

(कतिपय अवस्थामा पति–पत्नीबीच फरक मत र विचार हुन सक्छ । जुन कुरा विवाहपूर्व दुवैलाई थाहा हुँदैन । यस्ता विषयले सौहार्दताको वातावरण खल्बल्याउन सक्छ । त्यसैले, विवाहपछि एक–अर्काको सोच र विचारलाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ ।

(जिम्मेवारी निर्वाहले मात्र विवाहको गरिमालाई बचाइराख्दैन । त्यसैले, घुम्न जाने, सप्र्राइज पार्टी दिने वा आफ्नो पार्टनरलाई जे मन पर्छ, त्यस्ता गतिविधि गर्दा सम्बन्ध अझ मजबुत बन्दै जान्छ ।

(सबैभन्दा महत्वपूर्ण कुरा के भने आफ्नो पार्टनरलाई कहिल्यै पनि दुव्र्यवहार गर्नु हुँदैन । एक्लै हुँदा गल्तीको महसुस गराउने गतिविधि गर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ ।

(कुनै साथीको आवश्यकतामा घरबाहिर बस्न, हरेक समय काममा मात्र केन्द्रित हुनु पनि हुँदैन । यस्तो गतिविधिले एक–अर्काप्रति असमझदारी उत्पन्न हुन सक्छ ।

(कम्तीमा वर्षको दुई–चारपटक जीवनसाथीसँग केही दिनका लागि घुम्न निस्कनु राम्रो हुन्छ । यसरी घुम्न निस्कँदा एक त जीवनमा यादगार क्षणहरू थपिँदै जान्छन् र एक–अर्काबीचको सम्बन्ध अझ मजबुत बन्दै जान्छ, अर्को जीवनसाथीले खुलेर मनको कुरा व्यक्त गर्ने अवसर पाउँछन् ।

(शारीरिक सुखले मात्र सम्बन्धलाई घनिष्ठ गराउँदैन । त्यसैले शारीरिक सम्बन्धमा भावना पनि जोडिन आवश्यक हुन्छ ।

(कहिल्यै पनि जीवनसंगिनीलाई एकलव्य र असहायको अनुभूति गराउनु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०