विश्वका जुनसुकै कुनाबाट नेपालमा उपहार पठाउन केक टु नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०६:५६

सबै परिवारले एकसाथ बसेर चाडपर्व तथा उत्सब मनाउन सकिने अवस्था नहुन सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो चलनका कारण यस्तो अवस्था आउँछ । त्यति मात्र होइन, परिवार साथमा भए पनि नेपालमा रहेका आफन्तहरूको सम्झनाले सताउन सक्छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार प्रदान गर्न सकिन्छ । त्यसका लागि विदेशबाट सिधै सामान नै पठाइदिनु पर्ने अवस्था अब छैन । विदेशबाटै कम्प्युटरमा गरेको एक क्लिकका भरमा नेपालमा रहेका आफन्तको घरमै उपहार आइपुग्न सक्छ ।
परदेशमा बस्नेले आफन्त वा साथीलाई अनलाइनबाटै किनेर उपहार पठाइदिने चलन बढ्दै गएको छ। सूचना प्रविधिको विकाससँगै अधिकांश मानिस यससँग जोडिएका छन्। जन्मदिन, नयाँ वर्ष वा अन्य यस्तै अवसरमा आफ्नै घरको ढोकाअगाडि कसैले केक वा अन्य उपहार ल्याइदियो भने अचम्म मान्नुपर्ने अवस्था अब नभएको केक टु नेपालका संचालक दुर्गा आचार्यले बताउनु भयो ।

केक टु नेपाल यसको उदाहरण हो । यसले खासगरी विदेशबाट अर्डर गरिएका विभिन्न सामग्री नेपाली ग्राहकको घरघरसम्म पुर्‍याइदिने काम गर्छ ।
केक टु नेपाल विशेष गरि आफ्ना आफन्तजन र साथीभाइको जन्मदिन वा कुनै विशेष अवसरमा सरप्राइज रुपमा केक उपहार पठाउँन मिल्ने सेवा हो । अष्ट्रेलियाको जुनसुकै शहरमा यो सेवा उपलब्ध छ भने नेपालको काठमाडौं र चितवनमा रहेका साथी वा आफन्तलाई तपाईले केक टु नेपाल मार्फत केक उपहार पठाउँन सक्नुहुनेछ ।

अहिले अष्ट्रेलियामा सरप्राइज केक प्याकेज मात्र २९ अष्ट्रेलियन डलरमा उपलब्ध छ । केक टु नेपालको यो नौलो सेवाका बारेमा   www.caketonepal.com.au वा फेसबुक पेज https://www.facebook.com/caketonepal  मा लगइन गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१