प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: भत्तामै ८ अर्बभन्दा बढी खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७४, बुधबार ०४:४७

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ। मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रही, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ।

यो जनशक्तिका लागि सरकारले निर्वाचनका लागि विनियोजन गरेको कूल बजेटको आधामन्दा बढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो। अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब विनियोजन गरिसकेको छ। निर्वाचनमा कर्मचारीको हकमा मासिक दर्जा र तलबमानका आधारमा १२१ प्रतिशत भत्ता, निर्वाचनकै क्रममा मृत्यु भएमा बिमावापत २० लाख रुपैयाँ र बिरामी भए उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ। आयोगले दैनिक भत्तावापत निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही ३ लाखको बिमा, विरामी भए उपचारमा लागेको खर्चको बिलअनुसार रकम भुक्तानी, कर्मचारीको मृत्यु भएमा २० लाख रकम सम्बन्धित परिवारलाई दिइने जनाएको छ।

यस्तै, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले दैनिक भत्तावापत १ हजार २ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म, खाजा खर्चबापत दैनिक २ सय ५० रुपैयाँ, ३ लाखसम्मको बिमा सुविधा, विरामी भए निशुल्क उपचार लगायतका सुविधा पाउनेछन्। मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि जवानसरह ५ दिनको मसिक रासन, तलब तथा पोशाकवापत ४ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरीसकेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०