वर्ल्डलिंकले ल्यायो ‘एक कान दुई कान’ नामक नयाँ अफर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७४, मंगलवार २०:२५

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘एक कान दुई कान’ नामक नयाँ अफर ल्याएको छ।

कम्पनीले ल्याएको यस अफर अन्तर्गत आफ्ना साथीभाई वा नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाइने भएको छ।

कुनै प्रयोगकर्ताले अर्को एक जनालाई सल्लाह दिएर वल्र्डलिंकको सेवा जडान गर्न लगाएमा सल्लाहदिने र जडान गर्ने दुबैले एक–एक महिना वर्ल्डलिंकको निशुस्ल्क इन्टरनेट सेवा चलाउन पाइने कम्पनीले जनाएको छ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा र जडानकर्तालाई एक महिना निशुल्क सेवा, चारजनाले जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशूल्क र जडानकर्ताले एक महिना निशुल्क सेवा चलाउन पाउनेछन्।

त्यस्तै छ जनाले सल्लाहमा सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनाको निशूल्क इन्टरनेट र नेटटीभीका साथै स्मार्ट फोन उपहार स्वरुप दिइने तथा जडानकर्ताले एक महिना निशुल्क सेवा चलाउन पाउने वर्ल्डलिंकले बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१