जोसेफ मा.वि. बन्यो आधिकारिक चाईनिज भाषा केन्द्र (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७४, सोमबार ०९:०४

काठमाडौँ । ३ बर्ष देखि चाईनिज प्रशिक्षकहरु मार्फत विद्यालय का ५,६,७ र ९ कक्षाका ३०० भन्दा बढी विधार्थीहरुलाई चाईनिज भाषासिकाईरहेको जोसेफ मा.वि. अब आधिकारिक रुपमा चाईनिज भाषा सिकाउने केन्द्रको रुपमा मान्यता पाएको छ ।

अघिल्लो हप्ता एल आर आई कन्फुसियस कक्षाको सातौ वार्षिकोत्सव सम्पन्न समारोहको अवसर पारेर आएका चीनको विभिन्न विधालायहरुका भाषा केन्द्रका १ दर्जन भन्दा बढी शिक्षासेवीहरुले निरीक्षण पछि जोसेफ मा.वि. कपनलाई  चिनियाँ भाषा केन्द्रको रुपमा आधिकारिक मान्यता दिएका हुन् ।

विद्यालय ले चिनियाँ टोलीको स्वागतको लागि विधार्थीहरु मार्फत सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा चीनका लागि नेपालका पुर्व राजदुत टंक कार्की पनि सहभागी हुनु भएको थियो । नेपाली नित्यलाई चिनियाँहरुले उत्सुकता पुर्वक हेरिरहेका देखिन्थे । केही महिना अघि ब्रिटिस काउन्सिलबाट उत्कृस्ट विद्यालय को रुपमा सम्मानित जोसेफ स्कुलले बेलायतचीन र अमेरिकन सहकार्यमा शिक्षा विधार्थीहरुलाई दिएको शिक्षाबाट अभिभावकहरु खुशी देखिएका छन् ।


फोटो : मेघराज पहाडी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१