यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७४, आईतवार ०७:०७

 

सिराहा । आफनै बिद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपामा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जनता माध्यमिक विद्यालय गोलबजार ८ चोहर्बाका प्रा।वि। शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ हो ।

पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक राजन भेट्वालले बताए ।

बालिकाले आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको अभिभावकलाई बताएपछि सोमबार परिवारले विद्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि ९मंगलबार० बिहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधि, विद्यालयका प्र।अ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी टोलीले घटना मिलाउन छलफल गरेका थिए ।

प्रहरी र जनप्रतिनिधिकै रोहबरमा घटना मिलाउन खोजेपछि महिला खबर लगायत अन्य स्थानीय सञ्चार माध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय सिराहाले ईलाका प्रहरी कार्यालय गोलबजारलाई शिक्षक महतोलाई पक्राउ गर्न भनेपछि उनीलाई पक्राउ गरेको हो ।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कार्वाहीको माग गर्दै मंगलबार स्थानीयले चक्का जाम समेत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१