चिसो बढेसंगै भूकम्प पीडित मारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७४, शनिबार ०५:५०

सिन्धुपाल्चोक । जिल्लाको हिमाली बस्तीमा चिसो बढेसंगै भूकम्प पीडित मारमा परेका छन् । भूकम्पबाट अति प्रभावित बनेका क्षेत्रमा अहिलेसम्म पक्की आवास निर्माण गर्न नभएछि उनीहरु थप समस्या परेका हुन् । चिसोबाट उच्च हिमाली बस्ती सेलाङ, गोल्छे, गुम्बा, भोताङ, बरुवा, लागर्छे, माहाङ्काल लगायतका भेगका भूकम्प पीडितलाई चिसोले सताउन थालेको गोल्छेका भूकम्प पीडित गौरव श्रेष्ठले बताए। उनी भन्छन्, ुकतिपय हिमाली भेगका स्थानीयहरु अझैसम्म पनि त्रिपाल र जस्ताको टहरामा बस्न बाध्य छन् । हामी अझै पनि पाल र टिनको टहरामा कोचिएर बस्नु परेको छ ।

चिसो बढेपछि यहांका बालबालिकालाई स्कुल जान समेत समस्या परेको स्थानीय अभिभावकले बताएका छन् । बालबालिका, सुत्केरी महिला र बृद्धबृद्धालाई चिसोको कारण विभिन्न समस्या देखिएको पीडितहरुको गुनासो छ । चिसोका कारण हिमाली बस्तीमा चहलपहल कम हुन थालेको स्थानीय भूकम्प पीडित कालिका गोलेले बताए । अहिले चुनावको चहलपहल सुरु भएकोले केही मात्रामा स्थानीयहरु हिड्न थालेको छन् ।

गाउँ बस्तीमा चुनावी प्रचारप्रसार गर्न आउने बाहेक त्यस भेगका स्थानीयहरु खासै प्रचारप्रसारमा हिड्ने गरेका छैनन् । टिनको छानामा चिसोका कारण पानी चुहिने गरेको र त्यसबाट थप पीडा भोग्नु परेको त्यस भेगका स्थानीयबासीको गुनासो छ । सुत्केरी र बालबालिकालाई चिसोका कारण थप समस्या निम्तिएको उनीहरुको भनाई छ । चिसोको कारण बालबालिका र बृद्धबृद्धाहरु निमोनियाजस्ता रोगबाट ग्रसित हुनुपर्ने अवस्था आएको कालिका गोलेले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१