लघुवित्त सेवामा विविधिकरण गरी अगाडी बढ्ने छौं : थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७४, शुक्रबार १७:५०

कृष्ण वहादुर थापा
अध्यक्ष
साधना लघुवित्त वित्तीय संस्था लि.

गोरखा जिल्ला स्थित गो.न.पा.–३, नारेश्वरमा जन्मनु भईहाल सामाजिक सेवामा तल्लिन रहनुहुने श्री कृष्ण वहादुर थापा२२ वर्षको किशोरावस्थादेखिनै विभिन्न पेशा व्यवसायमासंलग्न रहँदै साविक कसमश डेभलपमेण्ट बैंकको सञ्चालकसमिति सदस्यको रुपमा रहि काम गर्नुभयो । कसमश डेभलपमेण्ट बैंकको सफलताको अनुभवलाई प्रयोग गरी आफ्नो नेतृत्वमा साधना लघुवित्त वित्तीय संस्था दर्ता गर्नुभयो ।हाल उहाँ उक्त साधना लघुवित्त वित्तीय संस्थाको संस्थापकअध्यक्ष हुनुहुन्छ । साथै विगत १० वर्ष अन्तरराष्ट्रिय रेडक्रशको विभिन्न पदमा साथै अन्य संस्थाहरुमा करिव १२ वर्षकोकार्यानुभव हासिल गरि सक्नुभएका थापाले ब्रेन फाउण्डेसन नेपालको उपाध्यक्ष, लाइन्स क्लव अफ काठमाडौंको क्षेत्रीय अध्यक्ष, राधेकृष्ण वचत तथा ऋण सहकारी संस्थाको संचालक समिति सदस्यको रुपमा समेत कार्यभार समाल्नुभएकोथियो ।यसैगरी वहां द वेष्ट इन वेष्ट इन्भेष्टमेण्ट , काठमाडौंको पनि अध्यक्ष हुनुहुन्छ । गोरखामा केन्द्रीयकार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था मंसिर ३ गते समुद्घाटन हुँदैछ । यही अवसरमा लघुवित्तको अवस्था,उहाँको अनुभव र साधना लघुवित्तको आगामी योजनाकोबारेमा गरिएको कुराकानीको सम्पादित अंशः

साधना लघुवित्त वित्तीय संस्थाको बारेमा बताइदिनुस् न ।
यस क्षेत्रका व्यवसायी, उद्यमी, बैंकर्स, कर्मचारी सबैको सामुहिकपहलमा साधना लघुवित्तको स्थापना भएको हो । यसमा २ वटा बैंकहरु प्रवद्र्धकको रुपमा रहेका छन् भने ६७ जना व्यक्तिहरुयसका संस्थापक छन् । यो साधना लघुवित्त वित्तीय संस्था नेपालराष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’वर्गको वित्तीय संस्था हो । पांच करोड अधिकृत र तीन करोडपचास लाख जारी पूँजी रहेको यस संस्थाको संस्थापकहरुबाट संकलन गरिएको विद्यमान चुक्ता पूँजी २ करोड ४५ लाखरहेको छ । यसको केन्द्रीय कार्यालय गोरखा रहेको छ भनेगोरखा, लमजुङ, तनहुँ, धादिङ, मनाङ, मकवानपुर, कास्की,म्याग्दी, वागलुङ र पर्वत गरी १० जिल्ला यसको स्वीकृत कार्यक्षेत्रहो ।
तपाईंले लामो समय क्ष्ल्न्इ मा काम गर्नुभयो , बैंक तथावित्तीय क्षेत्रमा काम गर्नुभयो,अन्तिममा लघुवित्तमानै किन र कसरी आकर्षित हुनुभयो ?
शुरुमा म लघुवित्तको बारेमा खासै ज्ञान भएको व्यक्ति होइन । तर पनि झण्डै दुई दसकदेखि नै सामाजिक संस्थाकोब्यवस्थापकिय पदमा रहि कार्य गरेको हैसियतले लघुवित्त क्षेत्रले समाज रुपान्तरणमा पार्ने प्रभावको वारेमा मलाई पक्कै पनिज्ञान थियो । त्यसैगरी वित्तीय क्षेत्रतर्फ चासो राख्दै गर्दा जवम तत्कालिन कसमश डेभलपमेण्ट बैंकको सञ्चालक समिति सदस्य तथाकाठमाडौंमा सञ्चालित सहकारी हरु मध्ये एक अग्रणी सहकारीको रुपमा स्थापित हुन सफल सहकारीमा कार्यकारी निर्देशक एवं सञ्चालकको रुपमा समेत गरी करिव ९ वर्षको सक्रियभूमिका रहेको हुँदा वित्तीय संस्थाको वारेमा थप वुझ्ने अवसरपाएँ । जव हामीले कसमशमा नै लघुवित्त विभागको स्थापना गरीमहिलाहरुको समूह वनाई लघुवित्त कार्यक्रम सञ्चालन ग–यौं । त्यसै क्रममा त्यहाँ बैंकमा आवद्ध महिलाहरुको मेहेनत,इमानदारिता देखेर गर्नुपर्ने काम त यो पो रहेछ भन्ने ठानेर म लघुवित्तप्रति आकर्षित भएँ र त्यही बेलादेखि लघुवित्तकम्पनी खोल्ने सोच पलाएको हो । फेरि मुलुकको आर्थिक समृद्धिका लागि लघुवित्त नै मुख्य आधार हो भन्ने कुरामा मआफैं पनि विश्वस्त हुँदै गएँ । यो समाजमा आर्थिक रुपान्तरण गर्ने माध्यम लघुवित्त हुनसक्छ भन्ने कुरामा ढुक्क भएपछि त्यसै अनुरुप लघुवित्तप्रति मेरा लगाव बढ्दै गयो र अहिलेहामी यहाँसम्म आइपुग्न सफल भएका छौं ।
लघुवित्त खोल्दाका केही अनुभव पनि बताइदिनुस् न ।
निश्चित रुपमा नयाँ काम गर्दा केही अफ्ठेरो पक्कै हुन्छ ।अनि जे चिजको पनि सिर्जना गर्नु त्यत्ति सहज कुरा पनि होइन ।खासगरी संस्था दर्ता प्रक्रियाको शुरुवादमा विगत २ वर्ष देखि अस्वस्थ्य रहनु भएका श्री विकास वानियाको विशेष भूमिका रहेको रतत्पश्चात् म लगायत मेरो टीम वित्तीय संस्था दर्ता प्रक्रियामानिरन्तर लाग्यौं । हाम्रो शेयरधनी श्री शुशिल काजीवानियाजीले सुरुदेखि नै संस्था दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण योजना, नीति नियम र कागजात तयार गर्ने क्रममामहत्वपूर्ण भूमिका खेल्नुभयो । त्यस्तै सुरुदेखि नै संचालकसमितिका साथीहरु, बैंक वित्तीय संस्थाका साथीहरुको उत्साहपूर्ण सहयोगले नै यो संस्था खोल्न सफल भएकोहो । अनि संस्था दर्ताको क्रममा नियमनकारी निकायको सहयोग र सद्भाव पनि उच्च रह्यो ।
अहिले साधना लघुवित्तको कार्यप्रगतिको अवस्था कस्तो छ ?
विधिवत रुपमा आज (आइतबार) समुद्घाटन हुन लागेको यो लघुवित्तले गएको गत कार्तिक २२ गते वाट सफ्ट ओपनिङ्ग गरीकारोबार शुभारम्भ गरेको हो । यसर्थ, संचालनको सुरुवातमै रहेको हुँदा हाम्रो व्यवसायिक कारोवार शुरुवादमै छ ।संचालनको यो अवधिमा हामीले गोरखा र धादिङ जिल्लामा ६ वटा शाखा स्थापना गरिसकेका छौं भने कार्यक्षेत्र भित्रका अन्यजिल्लामा पनि शाखा विस्तारको क्रममा रहेका छौं । वित्तीयसंस्थाले हालसम्म झण्डै १ करोड कर्जा लगानी गरिसकेको छ ।यो सुरुवातमै रहेको हुँदा गर्न अझ धेरै बाँकी नै छ, तरपनि यस छोटो समयको परिणामलाई हेर्दा सकारात्मक संकेत देखिएको छ ।
लघुवित्त बैंकहरुको ब्याजदर महंगो भयो भन्ने गुनासाहरु सुनिन्छन्, यसमा तपाईं के भन्नुहुन्छ ?
निश्चित रुपमा लघुवित्त वित्तीय संस्थाहरुले गाउँगाउँमा गएरवित्तीय सेवा पुर्याउनु पर्ने भएको हुँदा यसको संचालन खर्च बढी हुन्छ र ससानो लगानीमा केन्द्रीत हुनुपर्ने भएका कारणयसको डकुमेन्टेसन खर्च बढी हुन जान्छ । अनि अर्कोकुरालगानीको लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट लिइने सापटीको ब्याजदर अहिले अप्रत्यासित रुपमा बढेको छ ।जसलेगर्दा पनि स्वाभाविक रुपमा ब्याजदर केही बढी लिनुपर्नेदेखिन्छ । तर, हामीले बिना धितो कर्जा प्रवाह गर्ने भएकोहुँदा समूह सदस्यले त्यो पैसाबाट केही न केही आम्दानीगर्छ जुन ऊ यत्तिकै बस्दा सिर्जना हुँदैन । यसरी सापेक्षित रुपमा हेर्दा लघुवित्त वित्तीय संस्थाहरुले लिने ब्याजदर केहीमहंगो देखिए पनि, वास्तविकतामा त्यो एउटा सहयोग भएकोकारण महंगो भन्न मिल्दैन ।
जहाँसम्म साधना लघुवित्तको कुरा छ, हामीले सकेसम्म न्यूनतमब्याजदरमै लगानी गरिरहेका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१