आइफोन ‘टेन’को नेपाली मूल्य तय, ८ र ८ प्लस आज देखि बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७४, शुक्रबार ०६:०२

यस वर्षकै बहुप्रतिक्षित आइफोन टेनको नेपाली मूल्य तय भएको छ। आधिकारिक विक्रेता ओलिज स्टोरका निर्देशक लोकेस ओलीले दिएको जानकारी अनुसार आइफोन टेन ६४ जिबी भेरियन्टको मूल्य १ लाख ३८ हजार तथा २५६ जिबी भेरियन्टको १ लाख ५९ हजार निर्धारण गरिएको छ। केही समयपछि नेपाली बजारमा आउने भए पनि प्रिबुकिङ भने खुल्ला भइसकेको छ।

यसैबीच आइफोन ८ र ८ प्लस भोलि शुक्रबारदेखि नेपाली बजारमा उपलव्ध हुने भएको छ। नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले भोलि फोन सार्वजनिक गर्ने भएको हो।

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ।

आइफोन ८ र ८ प्लसको अनलाइन बुकिङ भने यसअघिदेखि नै लिइँदै आएको छ।

कम्पनीले आधिकारिक च्यानलबाट सक्कली भ्याट बिल लिएर मात्रै फोन किन्न आग्रह गरेको छ। एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टी रहेको छ।

इभो स्टोर, ओलीज, फ्यूचर वर्ल्ड, आइस्टोर ९राइजिङ मल० सिजी स्टोर ९नक्साल०, क्वालिटी कम्प्यूटर ९बिर्तामोड०, कम्प्यूटर सेल्स सेन्टर ९बुटवल०, आरपीएल ग्रुप ९बिर्तामोड०, न्यू एटुजेट मोवाइल हाउस ९नारायणगढ०बाट मात्र फोन आधिकारिक रुपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

थुप्रै फोनहरु अनाधिकृत रुपमा देशभित्र आयात भइरहेको बताउँदै कम्पनीले त्यस्ता फोनको कुनै वारेन्टी नहुने र न्यून गुणस्तरको हुने दावी गरेको छ।

कस्ता छन् फिचर्स रु
आइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दाबी गरेको छ।

यी नयाँ फोनको स्वरुपमा भने खास परिवर्तन गरिएको छैन। यी हेर्नमा ७ र ७ प्लस जस्तै देखिन्छन्। आइफोन ८ मा ४।७ इन्च र ८ प्लसमा ५।५ इन्चको रेटिना एचडी डिस्प्ले छ।

दुवैमा पछाडि १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसमा भने दुई वटा लेन्स छन्। त्यस्तै सेल्फीका लागि दुबै सेटमा ७ मेगापिक्सेलका क्यामेरा राखिएको छ। यी दुबै फोनले फोरके भिडियो खिच्न सक्छन्।

यी फोनको होम बटममा फिंगरप्रिन्ट सेन्सर राखिएको छ। धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिप छ। यसमा भएको ‘ए११ वायोनिक’ चिपले फोनलाई तीव्र बनाएको छ।

ताररहित चार्जिङ सुविधा रहेको फोनमा आइओएस ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न मिल्छ।

मूल्य कति रु
ओलिज स्टोरका निर्देशक ओलीले दिएको जानकारी अनुसार आइफोन ८ को ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै आइफोन ८ प्लसको ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १२ हजार ५ सय र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख ३३ हजार रुपैयाँ मूल्य तोकिएको छ।

यसबाहेक यी फोनहरुको खरिदमा टेलिकम सेवा प्रदायक एनसेलको सहकार्यमा ८ महिनासम्मलाई प्रति महिना २ जीबीका दरले निशूल्क डाटा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१