मोटी महिलाले यसरी छान्नुस् पार्टी ड्रेस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७४, बिहीबार ०६:२४

खासगरी मोटो मान्छेलाई विवाह, व्रतबन्धलगायत कुनै पनि पार्टीमा जानुपरे पहिलो चिन्ता ड्रेसकै हुन्छ । प्रायः मोटो शरीर भएका महिलाको एउटै गुनासो छ कि सारी सधैँ लगाइन्छ, कहिलेकाहीँ फरक ड्रेसअप पनि गरौँ न । विशेष गरेर ३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनु स्वाभाविकै पनि हो । उनीहरूले अविवाहित युवतीले जस्तो पहिरन छान्न गाह्रो हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छ स्

सारीबाहेक केही डिफ्रेन्ट खालको पहिरन, जुन उमेरअनुसार फिट रहोस् । जस्तै– लङ गाउन, अनारकली, लेहेंगा चोली ।

लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ ।

लेहेंगा चोलीमा पनि बोर्डर सानो, यदि हाइट धेरै भए ठूलो बोर्डर हेरेर डिजाइन गर्नुपर्छ । चोली लामो गरेर पनि बनाउन सकिन्छ । सकेसम्म पेट भएकाहरूलाई हाई बेस्ट लेहेंगा लगाउँदा राम्रो देखिन्छ ।

लेहेंगा होस् वा गाउन, जे लगाउँदा पनि मुख्य रूपमा कलर कम्बिनेसनलाई ध्यान दिनुपर्छ । भद्दा कपडा नछानी प्लेन कपडा, जर्जेट, सिफन, लाइब्राजस्तामा डिजाइन गर्ने हो भने स्टाइलिस देखिन्छ ।

अनारकली बनाउँदा सकेसम्म चोली नछुटाई बनाउनुपर्छ । सकेसम्म अनारकली पनि प्लेन कपडामै डिजाइन गर्दा राम्रो हुन्छ । अझै अनारकली पनि सुरुवाल नलगाउने गरी गाउन स्टाइलमा राम्रो देखिन्छ ।

लङ कुर्ती पनि पार्टीवेयरमा लगाउन सकिन्छ । यसलाई स्टाइलिस बनाएर माथि प्लेन कपडा लिई इम्ब्रोइडरी गरेर तल प्रिन्टेड फेब्रिकमा सुरुवाल डिजाइन गरेर बनाउन सकिन्छ । जुन अहिलेको फेसनमा छ ।

जहिल्यै पनि एउटा कुरा के ख्याल गरौँ भने मोटो शरीरका लागि सधैँ प्लेन कपडामा हल्का डिजाइन गर्नुपर्ने र कलर कम्बिनेसनमा ध्यान दिन जरुरी छ ।

स्यान्डलचाहिँ हरेक पार्टीवेयर डे«समा ओपन अनि हल्का साइनिङमा राम्रो देखिन्छ । स्यान्डलमा गोल्डेन अलि राम्रो देखिन्छ ।

रोजिना श्रेष्ठ फेसन डिजाइनर कायरा बुटिक, सिटी सेन्टर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०