पत्नीको सौख पूरा गर्न विमान खरिद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७४, बिहीबार ०६:२१

संसारमा थरीथरीका मानिस भेटिन्छन् । कोही दुई छाक खान नपाएर भोकै मर्ने अवस्थामा छन् । कोही भने आफूले कमाएको धन कहाँ खर्चने भन्ने तनावमा । झन् करोडपति, अर्बपतिको संसारै बेग्लै छ, कुरै फरक । विश्वका केही अर्बपतिहरू आफ्ना सन्तानलाई महँगा शिक्षालयमा वर्षकै लाखौं रुपैयाँ खर्चेर पढाउने गरेका छन् । केहीले भने आफ्नो अर्धांगिनीको रुचि पूरा गर्नकै लागि दिनरात परिश्रम गर्ने गरेका छन् । पत्नीको सौख पूरा गर्न अहोरात्रि खटिनेमध्येका एक अर्बपति हुन् ६१ वर्षीय मोहम्मद जाहुर । पाकिस्तानी मूलका उनी युक्रेनमा रहेर व्यापार गर्ने बेलायती उद्यमी हुन् । आईएसटीआईएल ग्रुपका संस्थापक र मालिक तथा किभ पोस्टका प्रकाशक पनि हुन्, उनी । पाकिस्तानको कराचीमा १ अगस्ट १९५५ मा उनको जन्म भएको हो ।

वासिङ्गटनमा १९९५ देखि युक्रेनको व्यापारबारे जोडदार आबाज उठाउँदै आएको संस्था यूएस–युक्रेन बिजनेस काउन्सिल ९यूएसयूबीसी० का अनुसार मोहम्मदको कुल सम्पत्ति १ अर्ब डलरसम्म रहेको छ । पछिल्लो समय उनले रियल स्टेट, मिडिया र मनोरञ्जन क्षेत्रमा लगानी गरेका छन् ।

स्टिल उद्योगबाट अर्बपतिरधनाढ्य बनेका उनी आफ्नी पत्नी नाटाल्या समारेन्कोभा ९कमालिया० लाई विश्वकै प्रसिद्ध पप स्टार बनाउन सक्रिय छन् । हालसम्म उनले २० मिलियन पउन्ड त्यसका लागि खर्चिसकेका छन् । कमालियाले पप स्टार बन्ने चाहना के श्रीमान्सँग राखेकी थिइन्, मोहम्मद त्यसमा जिउ–ज्यानले लागि परे । त्यसो त मोहम्मदको लगानी त्यसै खेर भने गएको छैन । कमालिया जाहुरले टेलर स्विफ्टका रूपमा सफलता हासिल गरिसकेकी छन् । धनाढ्य पतिको सहयोगमा कमालियाले आफ्नो चाहना पूर्तिका लागि बिजनेसमा राम्रो दलख भएका प्रोड्युसर भेट्न गृहनगर युक्रेनको केभबाट अमेरिकाको लसएन्जेलसको यात्रासमेत गर्न भ्याइसकेकी छन् । त्यो पनि नियमित रूपमा । पत्नीलाई स्टार सिंगर बनाउन २७ मिलियन पाउन्डसम्म खर्चने योजनाका साथ उनी अघि बढेका छन् । अमेरिकी पप स्टारको उपाधि कसरी दिलाउने भन्ने रु एउटै लक्ष्य छ, उनको । मोहम्मदले एक सञ्चारकर्मीसँगको साक्षात्कारमा भने, ‘मैले उनको सफलताका लागि लाखौं पाउन्ड खर्च गर्न सक्छु, सुरुवातसमेत गरिसकेको छु ।’

चर्चा र प्रसिद्धिका लागि बजारको मूल धारमा आउन धेरै परिश्रम गरिरहेको यी दम्पती बताउँछन् । पप स्टार बन्ने दौडमा सहभागी हुने कमालियाको एउटै मात्र ध्येय रहेकाले पनि आफू त्यसमा सहयोगी बनेको मोहम्मदले बताए । पत्नीको खुसीका लागि उनले प्राइभेट जेट नै खरिद गरेका छन् । गायन कलालाई उचाइमा पुर्‍याउन कुनै कठिनाइ नहोस् भनेर उनले पत्नीका लागि जेट खरिद गरेका हुन् । युक्रेन र अमेरिकाबीच छिटो–छिटो आउजाउ गर्न सजिलो होस् भनेर उनले यस्सो गरेका हुन् । कमालियाले पप स्टारका रूपमा हडिउडमा आफ्नो नाम दर्ज गराउन चाहेकी छन् । उनको एउटा पप भिडियो च्यानेल ५ टीभीले प्रसारण गरेपछि उनी एकाएक यो क्षेत्रमा चर्चामा आएकी हुन् । मोहम्मद थप्छन्, ‘पत्नीका लागि जेट विमान खरिद गर्नुको अर्को कारण हो एयरपोर्टमा हुने डिले र क्यू प्रणालीबाट उन्मुक्ति पाउनु । अर्को कुरो समय कति मूल्यवान् छ, त्यसको महत्त्व बुझाउन पनि प्लेन खरिद गरिदिएको हुँ ।’ उनले विलासिताका लागि यो खरिद नगरेको बताए । भने, ‘लक्ष्यमा पुग्न कमालियालाई सजिलो हुनेछ । लक्जरियस गुड्सको त घरमा कुनै कमी नै छैन ।’

मोहम्मद पत्नी ३९ वर्षीया कमालिया पूर्वमिस वल्र्ड पनि हुन् । यसैमार्फत उनले पहिले पनि लोकप्रियता हासिल गरिसकेकी छन् । खासगरी युक्रेनमा गायन क्षेत्रमा उनी चर्चित छिन् । जुम्ल्याहा छोरीहरू मिराबेल्ला र अराबेल्लाका साथ ५० मिलियन पाउन्ड खर्चेरको आलिसान हबेलीमा यी दम्पती बस्छन् । त्यहाँ अत्याधुनिक इन्डोर पुल, चिमनी र झुमरहरू जडान गरिएका छन्, ती प्रत्येकको मूल्य एक लाख पाउन्डभन्दा बढी छ । मोहम्मदलाई आशा छ कि उनी एक दिन ग्लोबल स्टार बन्नेछिन् । पत्नीको करियरका लागि रेकर्डिङ स्टुडियोदेखि एल्बम उत्पादनमा लाखौं पाउन्ड उनले खर्चिसकेका छन् ।

९एजेन्सीहरू०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१