‘फुर्के’ को फष्टलुक सार्वजनिक माघ १२ मा आउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७४, मंगलवार १९:२३
काठमाडौं । निर्देशक भद्र भुजेलको फिल्म ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता एम.बी राउतले सामाजिक सञ्जालमार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा फिल्मका तीन कलाकार देखिएका छन् । फष्टलुक अनुसार फिल्ममा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । फिल्मको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्तका साथै एस जोडी अजय ,सुदिपको प्रमुख अभिनय रहेको छ ।
देबेन्द्र खड्का र मन बहादुर राउत निर्माता रहेको फिल्मको सह–निर्माता कल्पना मरहठ्ठा शाही,आषिस ऐर र प्रकाश बस्नेत रहेका छन् । फिल्मका कार्यकारी निर्माता बखत बिष्ट हुन् । नबिन पन्तको लेखन, बाशु  बरालको छायाँकन, सिर्जन बराल नृत्य, रोशन बुढथापा र नरेन्द्र रावलको संगीतरहेको र टंक तिमल्सिना,सुरज पण्डित ,टिका पुन,गायक  गायीकाहुन्  भने  सुवास देवकोटाको सम्पादन रहेको फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण सुनिल मानन्धरले गर्नेछन् र फिल्मले कमेडी सैलिमा जातीय छुवाछुतको कथा बोल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१